१८ वैशाख, काठमाडौं । श्रम ऐन एवम् सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गर्न सरकारसँग माग गर्दै १ सय २९ औं अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
विभिन्न मजदुर संगठनहरुले काठमाडांैमा श्रमको उचित सम्मान गर्न माग गर्दै मंगलबार र्याली निकालेका छन् ।
नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका मजदुर संगठनहरुले निकालेको र्याली पछि कोणसभामा परिणत भएको छ । नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले यस अवसरमा सार्वजनिक विदासमेत दिँदै आएको छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन सुरु गरिएको हो ।
सोही मजदुर आन्दोलनको सम्झनामा सन १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारेखका दिन श्रमिक दिवस मनाउने गरिन्छ ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4