+

क्रिस गेलको खुलासा : बेंगलोरले टिममा राख्छु भनेर झुट बोल्यो

२०७५ वैशाख  १८ गते १९:०७ २०७५ वैशाख १८ गते १९:०७
क्रिस गेलको खुलासा : बेंगलोरले टिममा राख्छु भनेर झुट बोल्यो


१८ वैशाख, काठमाडौं ।  चार खेलमा २५२ रन । यो सिजन ‘इण्डियन प्रिमियर लिग’ (आईपीएल) मा क्रिस गेलको ब्याटले धमाका मच्चाइरहेको छ । गेल तिनै खेलाडी हुन्, जसलाई यसपटक आईपीएलको अक्सनमा पहिलो दिन कुनै टिमले किनेका थिएनन् ।

रोयल च्यालेन्जर्स बैंगलोरबाट गएका वर्षमा क्रिस गेलले राम्रै प्रदर्शन गरेका थिए । यसैले यो सिजनमा अक्सनको दोस्रो दिन न्यूनतम मूल्यमा किंग्स इलाभेन पञ्जावमा ल्याउँदा पञ्जाबका प्रशिक्षक वीरेन्द्र सेहवागले भनेका थिए, ‘गेलले दुई खेलमात्रै खेलिदिए भने उनलाई दिएको पैसा उठ्छ ।’

जारी सिजन आफूले खेलेको खेलबाट आफ्नो ब्याट अझै चल्ने प्रमाणित गरेका गेलले बैंग्लोरले आफूसँग झुटो बोलेको खुलासा गरेका छन् ।
उनका अनुसार बेंगलोरले उनलाई यो सिजन पनि रिटेन (पुन आफ्नै टिममा राख्ने) गर्ने बताएको थियो ।

‘उनीहरुले मलाई रिटेन गर्ने बताएका थिए । म पनि बैंगलोरमै रहन तयार छु भनेको थिएँ । अन्त्यमा उनीहरुले रिटेन गरेनन् । उनीहरु मलाई चाहँदैनन् भन्ने पछि मात्र थाहा भयो । जे भयो ठीकै भयो’ गेलले भनेका छन् ।

गएको सिजन बेंगलोरबाट उनले ९ खेलमा १२२.६९ को स्ट्राइक रेटमा २०० रन बनाएका थिए । यसैले यो सिजन बेंगलोरले उनमा चासो देखाएन । तर, उनमा अहिलेको सिजन टी-२० को पुरानो लय फर्किएको छ ।

गएको वर्ष क्यारेबियन प्रिमियर लिग (सीपीएल) र बंगलादेश पि्रमियर लिग -बीपीएल) मा भने उनको ब्याट खुबै चम्किएको थियो । सीपीएलमा ‘सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्स’ बाट उनले सर्वाधिक रन बनाएका थिए । जहाँ उनले ११ खेलमा ३७६ रन बनाएका थिए । बीपीएलमा उनले ११ खेलमा ४७ छक्का र २९ चौकासहित ४८५ रन बनाएका थिए ।

‘तथ्यांकले कहिले पनि झुट बोल्दैन, गेलले कहाँ कहाँ कस्तो खेल्यो भन्ने छर्लङ्ग छ । यसले क्रिस गेलको ब्राण्डमा विश्वास दिँदैन भने, केबाट विश्वास हुन्छ मलाई थाहा छैन’ उनले भने ।

यो सिजन आईपीएलमा पहिले कुनै टिमले पनि नलिँदा आफू अचम्ममा परेको उनले सम्झिए । ‘कुनै पनि टिमले नलिँदा अचम्म लागेको थियो ।

उनीहरु किन पछि हटे भन्ने मैले बुझेको थिइनँ । यस्ता कुरा हुँदै गर्छन् भन्ने मैले सोचें’ उनी भन्छन्, ‘किंग्स गेलको स्थान किंग्स इलाभेन पञ्जाबमै रहेछ । यहाँ म खुशी छु ।’

पञ्जाबले आफ्नो पहिलो दुई खेलमा गेललाई बेञ्चमा राखेको थियो । आरोन फिन्च र डेभिड मिलरले पनि सोचेअनुरुप खेल नदेखाएपछि तेस्रो खेलमा गेलले मौका पाएका थिए । जसमा चेन्नई सुपर किंग्सविरुद्ध उनले ३३ बलमा ६३ रन बनाए ।

आईपीएल क्रिस गेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय