+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मर्मतको माग गर्दै गोरखामा स्थानीयद्वारा सडक बन्द

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १९ गते १२:४५

१९ वैशाख, गोरखा । सडक मर्मत नगरेको भन्दै गोरखाको बाह्रकिलो सिर्दी पुल वरपरका वासिन्दाले सडक अवरुद्ध पारेका छन् । मर्मतका लागि बारम्बार आग्रह गरे पनि वेवास्ता गरेको भन्दै उनीहरुले बुधवार सडक अवरुद्ध गरेका हुन् ।

‘सडकमा खाल्डो परेको छ, ठुला गाडी जसोतसो गुडे पनि साना गाडीलाई निकै समस्या छ,’ स्थानीय प्रेमबहादुर तामाङले भने, ‘बाटो मर्मत गरिदिनुपर्‍यो भनेर बारम्बार भने पनि वास्ता गरेनन्, बन्द गर्न बाध्य भयौं ।’ बाटो मर्मत नगरेसम्म सडक नखुलाउने उनले बताए ।

स्थानीयले सिर्दी खोल पुलमा काठ तेस्र्याएर सडक अवरुद्ध पारेपछि गोरखाको बाह्र किलो हुदै भालुँस्वारा, बारपाक लगायतका ठाउँमा जाने सवारी साधन रोकिएका छन् । ‘पहिले लगातार दुई पटक ट्रक खसेपछि बाटो मर्मत गर्न भनेर अलिअलि पैसा नगरपालिकाले हालेको थियो, अलिअलि काम गरेको जस्तो गर्‍यो अहिले फेरि पहिलेको जस्तै हालत छ,’ स्थानीय अमृत लामिछानेले भने ।

यो सडकमा सरकारले सडक मर्मत कर उठाउने गरे पनि काम नगरेको उनको आरोप छ । सडक बिगि्रएर सवारी आवागमनमा समस्या भएपछि स्थानीयहरुकै पहलमा केही मर्मत समेत गरिएको थियो । तर नालीको उचित व्यवस्थापन नहुँदा समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

‘पहिले सडक मर्मत गरेर नाली बनाइदिन्छु भनेर तिन लाख रकम पारेर काम पनि शुरु गर्‍यो तर नाली पनि बनाएन काम पनि राम्रो गरेन,’ स्थानीय प्रेमबहादुर तामाङले भने, ‘अहिले बर्खा लागेपछि त गाडी चल्न साह्रै समस्या भयो ।’ उक्त सडक ग्राभेल गरेर नालीको व्यवस्था गरिदिन स्थानीयले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?