Comments Add Comment

श्रमिक अनुकुलको सरकार छ, हड्ताल गर्नैपर्दैन : प्रधानमन्त्री ओली

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा श्रमजिवी वर्गका लागि अनकूल सरकार बनेको दावी गर्दै हड्ताल गर्नै नपर्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन महासंघ -जिफन्ट) का नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा प्रधानमन्त्रीसँग भेट्न आएको प्रतिनिधि मण्डलसँग उनले श्रमिकले माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको दावी गरे ।

प्रधानमन्त्रीले भने, ‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ, कसो गर्दा सामाजिक सुसम्बन्ध वलियो हुन्छ, कसरी उत्पादनमा वृद्धि हुन्छ, कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र शोषण अनि अन्याय हुँदैन, त्यसै गर्न वर्तमान सरकार कटिवद्ध छ ।’

जिफन्ट अध्यक्ष श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका थिए । उनले सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच कायम गर्न आवश्यक रहेको बताउँदै श्रम ऐनको पूर्ण कार्यान्वयनका लागि श्रम अडिटको सुरुवात गर्नुवर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment