
२१ वैशाख, काभ्रे । सिन्डिकेट पक्षधर यातायात संघ–समिति सवारी आवागमन ठप्प पारेर सरकारलाई घुँडा टेकाउन उद्यत भइरहेका बेला काभ्रेका निजी विद्यालयले यात्रु ओसार्न आफ्ना बस उपलब्ध गराएका छन् ।
जिल्लामा सञ्चालित विद्यालयका बसहरुले साँगाबाट बनेपा, धुलिखेल, पनौतीसम्म यात्रुहरुलाई सेवा दिइरहेका हुन् ।
जिल्ला प्रशासन र प्याप्सनबीच बुधबार भएको सहमति अनुसार जिल्लामा सञ्चालनमा रहेका निजी विद्यालयका बसहरुले सेवा प्रदान गरेको प्याप्सनका सचिव सरोज न्यौपानेले जानकारी दिए । ‘हामी सम्भव भएसम्म सहयोग गर्नेछौं, विद्यार्थीलाई बिहान–बेलुका घरसम्म पुर्याएर हामी सहमति अनुसार यात्रुलाई सेवा दिनेछौं’, न्यौपानेले भने ।
सहरी क्षेत्रमा सेवा, गाउँमा चलेनन्
शहरी क्षेत्र बनेपा, पनौती , धुलिखेल, पाँचखाल र भकुण्डेसम्म मयूर यातायातले यतिबेला सेवा दिरहेको छ । पनौती, बनेपा र धुलिखेलसम्म साझा यातायात, अन्नपूर्ण, सिटीमेट्रोले बिहानैदेखि सेवा दिँदा राहत मिलेको छ ।
चलेका सवारीसाधनहरुको सुरक्षालाई ध्यान दिँदै प्रहरी परिचालन गरिएको छ । ‘हामीले सुरक्षा थ्रेटलाई बुझेका छौं, त्यसलाई ध्यान दिएर सुरक्षा व्यवस्थापन मिलाएका छौं’, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले भने ।

सहरी क्षेत्रमा निजि विद्यालयका बस, सार्वजनिक यातायातहरु सञ्चालन भए पनि जिल्लाको ग्रामिण भेगमा भने कुनै पनि सवार चल्न सकेका छैनन् । जिल्ला भर ४२ वटा रुट इजाजत लिएका सडक रहेका छन् । जिल्लाको कुशादेवी, ढुङखर्क, कोशीपारी, तेमाल, रोशी, देउपुर, कुन्तालगायतका स्थानमा सवारी नचलेका हुन् ।
यी पनि पढ्नुस्
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे
गृहमन्त्रीको निर्देशनपछि सिण्डिकेट पक्षधर यातायात व्यवसायी धमाधम पक्राउ
सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो
यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस
उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्
सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर)
कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची
देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग
सडकमा ट्याक्सी र ई–रिक्साको मनपरि, सरकार कहाँ छ ?
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4