Comments Add Comment

तिवारीको कविता संग्रह ‘नचुमेको क्षितज’ सार्वजनिक

२१ वैशाख, काठमाडौं । साहित्यकार दुर्गा तिवारीको कविता संग्रह ‘नचुमेको क्षितिज’ शुक्रबार सार्वजनिक भएको छ ।

काठमाडौंमा आयोजित समाहरोहमा बरिष्ठ साहित्य साधक रमेश खकुरेल, गीतकार यादव खरेल, साहित्यकार तथा समाजसेवी मदनराज थापा, प्राध्यापक डाक्टर जीवन अधिकारी लगायतले संयुक्त रुपमा कृती विमोचन गरेका हुन् ।

मुक्तक लेखनमा परिचित तिवारीले पहिलो पटक कविता कृती प्रकाशन गरेकी हुन् ।

कृतिको समीक्षा गर्दै डाक्टर लेखप्रसाद निरौलाले तिवारीका कविताले समाज बोलेको टिप्पणी गरे । ग्रामीण भेगका रितिथिति तथा प्राकृतिक सुन्दरताहरु कवितामा समेटिएको भन्दै उनले गीति लयमा लेखिएका कविताले देश प्रेम बोलेको बताए ।

कविता सरल, सरस खालका रहेकाले जोकोहीले सजिलै पढ्न र बुझ्न सकिने समीक्षक निरौलाको टिप्पणी छ ।

नचुमेको क्षितिजमा ७४ वटा कविता संग्रहित छन् । कार्यक्रममा गजलकार ज्ञानुवाकरण पौडेल, प्राध्यापक कोषराज न्यौपाने, साहित्यकार कौशिला रिसाल, नेपाली शिक्षा परिषदका सदस्य सचिब रमा शर्मा, लगायत थुप्रै साहित्यकारहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment