Comments Add Comment

अवैध भारु ७ लाखसहित चार जना कालिमाटीबाट समातिए


२१ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसरले ७ लाख १८ हजार ६० रुपैैयाँ अवैध भारुसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पहाडपुर थाना घर भइ हाल काठमाडौंं–१३ बस्दै आएका ४० वर्षीय चञ्चल साह, उनकी श्रीमती मसली खत्री, भारत खजुरिया लौरिया थाना घर भइ हाल काठमाडौं–१४, कालिमाटी बस्ने ५५ वर्षीय अनिरुद्र गुप्ता र भारतको बेतिया घर भइ हाल काठमाडौं–१३, कालिमाटी बस्दै आएका ४५ वर्षीय सुरेशप्रसाद साह छन् ।

उनीहरुलाई कालिमाटी क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । उनीहरुको साथबाट नेपाली रुपैयाँ १ लाख १३ हजार ३ सय ५० समेत बरामद भएको उनले जनाए ।

थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment