+
+
Shares

अवैध भारु ७ लाखसहित चार जना कालिमाटीबाट समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १८:२६


२१ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसरले ७ लाख १८ हजार ६० रुपैैयाँ अवैध भारुसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पहाडपुर थाना घर भइ हाल काठमाडौंं–१३ बस्दै आएका ४० वर्षीय चञ्चल साह, उनकी श्रीमती मसली खत्री, भारत खजुरिया लौरिया थाना घर भइ हाल काठमाडौं–१४, कालिमाटी बस्ने ५५ वर्षीय अनिरुद्र गुप्ता र भारतको बेतिया घर भइ हाल काठमाडौं–१३, कालिमाटी बस्दै आएका ४५ वर्षीय सुरेशप्रसाद साह छन् ।

उनीहरुलाई कालिमाटी क्षेत्रबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए । उनीहरुको साथबाट नेपाली रुपैयाँ १ लाख १३ हजार ३ सय ५० समेत बरामद भएको उनले जनाए ।

थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?