Comments Add Comment

बेलायतको स्थानीय चुनावमा तीन जना नेपाली बने काउन्सिलर


२३ वैशाख, काठमाडौं । बेलायतमा सम्पन्न स्थानीय चुनावमा नेपाली मूलका ३ व्यक्ति काउन्सिलरमा विजयी भएका छन् ।

नेपाली मूलका विष्णु गुरुङ, चित्र राना र लक्ष गुरुङ काउन्सिलरमा विजयी भएका हुन् । काउन्सिलरमा जित निकाल्न सफल तीनैजना भूतपूर्व गोर्खा सैनिक हुन् ।

हयानवर्थ पार्क वार्डबाट प्रतिस्पर्धा गरेका विष्णु गुरुङ १३१५ मतका साथ विजयी भएका छन् । लेबर पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका गुरुङ यसअघि पनि काउन्सिलर पदमा विजयी भएका थिए ।

त्यसैगरी, कन्जरभेटिभ पार्टीका तर्फबाट वकिङ बरोको गोल्डवर्थ पार्कको काउन्सिलरमा उम्मेदवारी दिएका भूतपूर्व गोर्खा सैनिक मेजर चित्र राना दोस्रोपटक काउन्सिलर पदमा निर्वाचित भएका छन् । राना लिबरल डेमोक्र्याट्सका जेम्स रिचार्डलाई १० मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

उता बार्नेट काउन्सिलको हेल वार्ड काउन्सिलरमा लक्ष गुरुङको पल्लाभारी भएको छ । कन्जरभेटिभ पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका गुरुङ ३ हजार ७ मतका साथ विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment