Comments Add Comment

बुटवलमा अक्सिजन जेनेरेसन प्लाण्टबाट ग्यास उत्पादन

२३ वैशाख, रुपन्देही । लुम्विनी अञ्चल अस्पताल, बुटवलमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लाण्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ ।

प्लाण्टबाट उत्पादित अक्सिजनबाट अहिले अस्पतालमा दैनिक सरदर २३ सिलिण्डर बराबरको ज्ञास खपत भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले जानकारी दिए । ग्यास प्लाण्ट स्थापना भएको दुई साता भएको बताइएको छ ।

उनले अस्पतालको आर्सीइयू, एनआर्इसीयू, इर्मेजेन्सी, मेडिकल वार्डमा उक्त ग्यास वितरण भएर बिरामीलाई सेवा प्रदान गरिएको जानकारी दिँदै अप्रेसन थिएटर, सर्जिकल वार्डलगायतमा ग्यास सिलिण्डरबाट नै काम भइरहेको जानकारी दिए ।

रोटरी क्लब अफ बुटवलको २१ लाख, रोटरी क्लब डिस्ट्रिक ३२३० भारतको १० लाख र रोटरी फाउण्डेशनको १९ लाख गरी कूल ५० लाखमा सो ग्यास प्लाण्ट स्थापना गरिएको हो ।

तीन वर्षअघि शुरु भएको परियोजनाअन्तर्गत सो प्लाण्टले २४ घण्टामा ४२ सिलिण्डर अक्सिजन उत्पादन गर्छ ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण पन्थले अब बिरामीका लागि अक्सिजनको सिलिण्डर लिनुपर्ने अवस्था अन्त्य भएको जानकारी दिँदै यसको उत्पादन क्षमता बढाउँदै लगिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment