Comments Add Comment

वीरगञ्जमा पुर्न थालियो मुख्य सडकको खाल्डाखुल्डी

२३ वैशाख, वीरगञ्ज । खाल्डाखुल्डीले जीर्ण बनेको वीरगञ्ज महानगरपालिको मुख्य सडकमा टाल्ने काम शुरु भएको छ । सडक विभागले वीरगञ्जको रजतजयन्तीचोकदेखि गण्डकसम्मको सडकमा खाल्डाखुल्डी पुर्नका लागि प्याचिङ गर्न थालेको हो ।

वीरगञ्ज महानगरपालिका र सडक विभागकाबीच स्वामित्व विवादका कारण मुख्य सडक जीर्ण हुँदा समेत मर्मत हुन सकेको थिएन । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले तत्कालका लागि मर्मत गरिदिन सडक विभागका अधिकारीहरुलाई आग्रह गरेका थिए ।

सोही आग्रह बमोजिम सडक विभागले आवश्यक रकम र सामाग्रीको व्यवस्था पछि प्याचिङको काम शुरु गरेको हो । मुख्य सडक र बाइपास सडकका बारेमा महानगरपालिका र विभागकाबीचमा क्षेत्राधिकार सम्बन्धी विवाद चल्दै आएको छ ।

सडक विभागले प्याचिङका लागि २२ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । इमल्सन, चिप्स, वेस र मेटल मिलाएर प्याचिङको काम भइरहेको छ । वीरगञ्जको मुख्य सडकमा पूर्वतर्फ भन्दा पश्चिमतर्फको सडकमा बढी खाल्डाखुल्डी छ ।

सडक विभागकै पथलैया धन्सार सडक खण्डका सुपरभाइजर नन्दकुमार झाले खाल्डोको अवस्था हेरी २.५ सेन्टिमिटर देखि ४ सेन्टिमिटरसम्मको पीच गरिरहेको बताए । ‘खाल्डो अनुसारको पीच गर्नुपर्ने हुन्छ, गहिरो खाल्डो छ भने गिट्टी हालेर पुर्छौ अनि मात्रै पीच गर्छौ’ झाले भने ।

सडक डिभिजन कार्यालय हेटौंडाका सवइन्जिनियर राजेशकुमार यादव पानीबाट जोगाउन सके सडकमा पाँच वर्ष केही नुहुने बताउँछन् ।

‘पानी, गोबर, मट्टतिेलबाट जोगाउन सकेको खण्डमा सडक पाँच वर्षसम्म केही हुँदैन, सडकमा पानी जम्यो भने छ महिनामै भत्कन सक्छ’ उनले भने ‘गुणस्तरमा बिटुमिन हालेर पीच गरेको जस्तै हुन्छ । विगागले गरेको काम ठेकेदारको भन्दा स्तरीय हुन्छ ।’

खाल्डाखुल्डी पुरेपछि दैनिक लाग्ने सवारी मर्मत खर्च कम हुने अटो रिक्सा चालक ध्रव साह बताउँछन् । ‘सडक जीर्ण भएको धेरै दिन भइइसक्यो, मर्मत नभएर धेरै नोक्सानी बेहोर्नुपरेको छ’ उनले भने ‘ राम्रोसँग टालिदिँदा मात्रै पनि आवतजावतमा सहज हुन्थ्यो । गाडी मर्मत खर्च जोगिन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment