Comments Add Comment

सिण्डिकेट अन्त्य भएपछि यातायात क्षेत्र अस्तव्यस्त हुने माओवादी सा‌ंसदकाे चेतावनी

राष्ट्रियसभामा सांसद बिडारीको प्रश्न-रोक्का भएको सम्पत्ति सरकारको कि यातायात व्यवसायीको ?

२४ वैशाख, काठमाडौं । कानुनविदसमेत रहेका माओवादी सांसद रामनारायण बिडारीले सिण्डिकेट अन्त्य भएपछि यातायात क्षेत्र अस्तव्यस्त हुन सक्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सिण्डिकेट अन्त्य गर्न सरकार सफल भए पनि त्यसपछि आउने अस्तव्यस्तताप्रति सरकारले अहिलेनै विकल्प खोज्नुपर्ने बताएका हुन् ।

सिण्डिकेट तोड्न सफल भए पनि यसपछि सेवा र सुविधामा प्रतिस्पर्धा गराउने र सर्वसाधारणलाई सहज सुविधा दिलाउनेबारे सरकार योजनाविहीन रहेको उनले बताए ।

सा‌सद विडारीले यातायात समितिहरुका नाममा रहेको अर्बौ रुपैयाँको सम्पत्ति राष्ट्रियकरण गर्ने कि व्यवसायीलाइनै दिने भन्ने प्रश्न सरकार समक्ष गरेका छन् ।

राष्ट्र बैंकमार्फत यातायात व्यवसायी समितिहरुको बैंक खाता रोक्का गरिएपछि सांसद बिडारीले ती खातामा भएको रकमबारे प्रश्न उठाएका हु्न् ।

सांसद बिडारीले सार्वजनिक संस्थाका रुपमा दर्ता भएका समितिहरुको नाममा अर्बौ रुपैयाको सम्पत्ति रहेको बताए । उनले त्यो सम्पत्ति के गर्ने भन्ने बारेमा सरकारले अहिलेसम्म नसोचेको आरोप लगाए ।

बिडारीले भने ‘यातायात क्षेत्रमा व्यवसायीले अबौर्ं रुपैयाँ लगानी गरेका छन् । उनीहरुको सम्पत्तिको संरक्षण कसले गर्ने ? अनि समितिहरुको नाममा रहेको अर्बौ सम्पत्ति सरकारको हुन्छ कि व्यवसायीको हुन्छ ? यसबारे सरकारले अहिलेसम्म सोचेको देखिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment