+
+

वाईसीएललाई प्रचण्डको जवाफः झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते १६:५४

२४ वैशाख, काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुकेर र जनयुद्धका एजेण्डा छोडेर पार्टी एकता नगर्ने बताएका छन् ।

पार्टी एकताका विषयमा वाईसीएलको जिज्ञासामा अध्यक्ष प्रचण्डले एकताका नाममा भाग माग्न जान जरुरी नभएको भन्दै झुकेर एकता नगर्ने जवाफ दिएका हुन् । ‘युवाहरुले झुकेर एकता नगरियोस् भन्ने कुरा राखेका थिए, अध्यक्षले झुकेर र एजेण्डा छोडेर एकता हुँदैन भन्ने जवाफ दिनुभयो ।’ प्रचण्डलाई उदृध गर्दै वाईसीएल अध्यक्ष दीप शीखाले भने ।

वाईसीएल स्कुलिङ विभागले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका प्रचण्डले अहिले नै सम्पूर्ण विषयको टुंगो लागि नसकेको भन्दै मिडियामा आएको जस्तो कुनै पनि सहमति नभएको जिकिर समेत गरेका थिए ।

६०/४० को हैसियतमा एकता गर्ने, तीन वर्षपछि प्रधानमन्त्री बन्ने विषयमा मिडियामा आएको जस्तो सहमति नभएको प्रचण्डले युवाहरुलाई बताएका थिए ।

आफू युवाहरुको स्प्रीडमा चल्ने भन्दै अध्यक्ष प्रचण्डले युवाहरुको सपनाको रक्षा गर्न तयार रहेको बताएका थिए ।

यस्तै कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले समृद्धिका लागि युवाहरु जुट्नु पर्ने बताए थिए । गृहमन्त्री समेत रहेका अर्का नेता रामबहादुर थापा बादलले समृद्धिको खाका कोर्न पहिले भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?