Comments Add Comment

केएफसीमा बुधबार विशेष अफरःहट एन्ड क्रिस्पी चिकेन ९९०मा


२५ वैशाख, काठमाडौं । विश्वप्रसिद्ध चिकेन रेष्टुरेन्ट केएफसी नेपालमा विशेष बुधबार अफर लिएर आएको छ । पारखीहरूमाझ मात्र रू ९९० मा १० वटा मुखै रसाउने हट एण्ड क्रिस्पी चिकेन प्रस्तुत गर्दै यसले आगामी बुधबारहरूलाई ज्यादै स्वादिलो बनाउँदैछ ।

अफरको बारेमा कुरा गर्दै केएफसी इण्डिया र छिमेकी देशहरूका लागि प्रबन्ध निर्देशक समीर मेननले भने,’यो लोकप्रिय अफर नेपालमा शुरू भएको घोषणा गर्न पाउँदा हामी ज्यादै उत्साहित छौँ । यस अफरमार्फत् हामी यस क्षेत्रका उपभोक्ताहरूसँग अझ नजिकिन चाहन्छौँ । हाम्रो लक्ष्य उपभोक्ताहरूमाझ उच्च गुणस्तरका लोभलाग्दा, विशिष्ट खाना र हल्का पेय पदार्थहरू प्रस्तुत गर्नु हो ।’

नेपालमा सन् २००९ मा केएफसीले आफ्नो पहिलो रेष्टुरेन्ट खोलेको हो । अहिले यस कम्पनीले काठमाडाैंमा ५ र पोखरामा १ रेष्टुरेन्ट संचालन गरिरहेको छ ।

केएफसीले दरबारमार्ग (काठमाण्डौ) मा अवस्थित आफ्नो प्रतिष्ठित रेष्टुरेन्टलाई अझ आकर्षक बनाएको छ ।

यसको उद्देश्य हो आफ्ना उपभोक्ताहरूका लागि यस्तो वातावरण सिर्जना गर्नु जहाँ उनीहरू आरामसँग बसेर मीठो खाना को स्वाद लिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment