Comments Add Comment

जनकपुरमा मोदीको ४ घण्टा, हेर्नुस् १३ तस्वीर

२८, वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि नेपाल आएका छन् ।

शुक्रबार बिहान जनकपुर विमानस्थलमा आएका मोदीलाई संघीय सरकारका रक्षामन्त्री ईश्वर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका थिए ।

मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिर पुगेका थिए । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा नै स्वागत गरेका थिए । त्यहाँ दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पूजा अर्चना गरेका थिए ।

पूजाअर्चनालगतै प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीले जनकपुर अयोध्या बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

तस्वीरहरु : विकास श्रेष्ठ, विक्रम रौनियार, श्रवण देव/अनलाइनखबर

चार घण्टा चार मिनेट जनकपुरमा बिताएका मोदीको शुक्रबार नै जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिन्दन गरिएको छ ।

अभिनन्दन समारोहमा प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मोदीलाई अभिनन्दन पत्र र जनकपुर उपमहानगरपालिकाको साँचो हस्तान्तरण गरेका थिए ।

अभिन्नदन समारोहमा भारतीय प्रधानमन्त्री मोदीलाई १२१ किलोको तीनवटा मालाको सम्मान दिइएको छ । उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान गरेका हुन् ।

नागरिक अभिनन्दन समारोहमा संबोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले जनकपुर क्षेत्रमा १ अर्ब सहयोगको घोषणा गरेका छन् । नागरिक अभिनन्दन समारोहपछि मोदी काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment