+
+
Shares

उत्सवः टिपिकल नेपाली स्वाद

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते १०:४०

उत्सव, नाम नै काफी छ । अर्थात जहाँ उत्सवमय क्षण संगाल्न सकिन्छ । नेपाली स्वादको खानपानसँगै नेपाली स्वादकै नाचगान हेर्ने ठाउँ । धेरै भूमिका नबाँधी भनौं, काठमाडौंको भिडभाड भित्र पनि यस्तो रेष्टुरेन्ट छ, जहाँ विशुद्ध नेपालीपनको आभाष मिल्छ । ठाउँ हो, दरबारमार्ग । एस ट्राभल्सको कार्यलयलाई दायाँ पारेर अलि सानो बाटोतिर छिर्नसाथ भेटिन्छ यो रेष्टुरेन्ट । रेष्टुरेन्टको नाम हो, उत्सव अथेन्टिक नेपाली रेष्टुरेन्ट ।

सामूहिक जमघटको लागि उत्तम विकल्प बन्नसक्छ । पूर्ण पारिवारिक वातावरणमा नेपाली स्वादको खानापान गर्न पाइनु नै यसको विशेषता हो । नेपाली परम्परागत थालीमा पस्किने परिकारले जो कोहिको जिब्रोलाई सजिलै लोभ्याउन सक्छ ।

उत्सवमा प्रवेश गर्नसाथ ढोकाको दुबैतिर भरिएको घडामा तैरिरहेको फूल देख्न सकिन्छ । नेपाली परम्परामा यसलाई ‘शुभ’ मानिन्छ ।  त्यहाँबाट सोझै अगाडि बढेपछि जातिय पहिरनमा सजिएकी कुनै युवतीले ‘नमस्कार’ गरेर आगन्तुकको स्वागत गर्नेछिन् ।

अब सोझै हलमा प्रवेश गरिन्छ । झट्ट हेर्दा थाहा हुन्छ, यहाँ सामाजिक जमघटको लागि अनुकुल छ । अर्थात आफन्त, इष्टमित्र, चिनेजानेका, साथीभाई आमने-सामने भएर गफिदै मिठा परिकारको स्वाद लिन सकिन्छ ।

नेपाली थाली, नेपाली स्वाद

यस रेष्टुरेन्टको खास बिशेषता भनेकै यहाँ पस्किने परिकार हो । यहाँको मेनुमा धेरैथरी परिकार छैन । यद्यपी, जति छ, त्यसको निख्खर स्वाद भने लिन सकिन्छ । खासमा उत्सवको विशेष परिकार भनेकै नेपाली खाना हो ।

नेपाली खानामा भात, झानेको दाल, आलुको तरकारी, साग, अचार, मासु जस्ता दर्जन थरीका परिकार उपलब्ध हुन्छ । खानासँगै केही पिस मम पनि हुन्छ । यस्तो खाना पस्कने भाँडावर्तन, सर्भ गर्ने शैली सबैमा नेपालीपन पाउन सकिन्छ । खाना अघि ऐला -नेपाली घरेलु रक्सी) सर्भ गरिन्छ । पिउने/नपिउने आफ्नो मर्जीको कुरा ।

खासमा विदेशीहरु, जसलाई नेपाली खान्कीको स्वाद थाहा छैन वा दोहोर्‍याएर खान चाहन्छन्, उनीहरुको तलतल मेटाउने थलो हो, उत्सव । अक्सर विदेशी पाहुनाहरु नेपाली भूगोल टेक्नसाथ र छाड्नुअघि उत्सवमा छिर्छन् । नेपाली हातले पाएको, नेपाली स्वादको खाना खान्छन् ।

त्यसो त घरेलु पाहुनाहरु पनि यहाँ जमघट गर्न पुग्छन् । पारिवारिक जमघटका लागि यहाँ उपयुक्त हुन्छ । रेष्टुरेन्टमा एक साथ दुई सय पचास जनाले खानपान गर्न सक्ने व्यवस्था छ ।

रेष्टुरेन्टको अर्को विशेषता हो, सांस्कृतिक कार्यक्रम । साँझ ढल्दै गएपछि यहाँको मञ्चमा मारुनीदेखि सोरठीसम्मका नाच हेर्न पाइन्छ । जात-जातिमा प्रचलित नाच, तामाङ सेलो, साकेला सिली हेरेर आनन्द लिन सकिन्छ ।

बिहान १० बजेदेखि खुल्ने रेष्टुरेन्टको ढोका राती १० बजेसम्म खुलै रहन्छ ।

सुविधा

यो पूर्ण पारिवारिक रेष्टुरेन्ट हो । यहाँ पारिवारिक भोज आयोजना गर्न सकिन्छ । मिटिङ, सेमिनार आयोजना गर्नका लागि पनि उपयुक्त थलो हो । प्राइभेट पार्टी, आउटडोर क्याटरिङका अतिरिक्त कुलिनरी आर्टको कक्षा पनि लिन सकिन्छ ।

विशेषता

–     नेपाली स्वादको खानपिन

–     नेपाली मौलिक झाँकीको प्रत्यक्ष प्रस्तुती

–     पारिवारिक वातावरण

उत्सवको मेनु

नेपाली डिनर सेट- मूल्य १४०० रुपैयाँ

चिकेन झोल मम- २ सय ५० रुपैयाँ

चिकेन स्टिम मम- २ सय ५० रुपैयाँ

आलु जिरा- मूल्य २०० रुपैयाँ

आलु तारेको- मूल्य २०० रुपैयाँ

चिकेन सेकुवा- मूल्य ३०० रुपैयाँ

मटन सेकुवा- मूल्य ४ सय ५० रुपैयाँ

मशरुम छोयला- मूल्य ३०० रुपैयाँ

चिकेन छोयला- मूल्य ३०० रुपैयाँ

लोकेसन

लालदरबार, दरबारमार्ग, काठमाडौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?