Comments Add Comment

करिश्माकी छोरीको फिल्ममा डेब्यू, शिवका छोरासँग रोमान्स गर्ने


नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र क्षेत्रमा डेब्यू गरेकी छिन् । हाल छायांकन भैरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट उनले डेब्यू गरेकी हुन् ।

यो चलचित्रबाट नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ पनि चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । चलचित्रमा शिवका छोरा शक्ति र करिश्माकी छोरी कविताको रोमान्स हेर्न सकिनेछ ।

यो चलचित्रमा अन्य २ रियल लाइफ प्रेम जोडी पनि छन् । नायक आयुष्मान देशराज जोशी र नायिका पि्रयंका कार्की, नायक संजोग कोइराला र नायिका बषर्ा राउत यो चलचित्रमा मुख्य भूमिकामा छन् ।

चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरिरहेका छन् । करिश्माकी छोरी कविताको डेब्यू बारेमा दिपेशले भने-‘कथावस्तुको डिमाण्ड अनुसार नै कविताजीलाई राखिएको हो । चलचित्रको कथामा केही मोटी यूवतीको आवश्यकता छ । जसमा कविताजी फिट भएर राखिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment