+
+
Shares

इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी युवकलाई फाँसी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते ८:५७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका २१ वर्षीय सासन आजादवर जोगानीलाई फाँसी दिइएको छ।
  • आजादवरलाई जनवरीमा प्रदर्शनमा सरकारी अधिकारीहरू सवार मिनीबसमा ढुंडा र लाठी प्रहार गरेको आरोपमा पक्राउ गरिएको थियो।
  • उनको अन्तिम संस्कार सुरक्षित क्षेत्रमा गरिएको र १० जना आफन्तलाई मात्र सहभागी हुन अनुमति दिइएको छ।

१८ वैशाख, काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका २१ वर्षीय युवकलाई फाँसी दिइएको छ ।

इरानको इस्फहानका २१ वर्षीय सासन आजादवर जोगानीलाई सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा फाँसी दिइएको हो ।

उनलाई जनवरीमा सरकारविरोधी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो । आजादवरलाई इस्फहानको दस्तगर्द जेलमा फाँसी दिइएको बीबीसीले जनाएको छ ।

समाचारमा उनको अन्तिम संस्कार बिहीबार दिउँसो एक ‘सुरक्षित क्षेत्र’ मा गरिएको र १० जना आफन्तलाई मात्रै सहभागी हुने अनुमति सरकारले दिएको उल्लेख छ ।

इरानको इस्लामिक गणराज्यको न्यायपालिकाले जनवरीमा सरकार ढाल्ने उद्देश्यले गरिएको प्रदर्शनका दौरान आजादवरले सरकारी अधिकारीहरू सवार मिनीबसमा ढुंडा र लाठी प्रहार गरेको, बसको सिसा तोडेको र अधिकारीहरूमाथि ढुंगा र ईट फ्याकेको बताएको छ ।

इरानी न्यायपालिकाका अनुसार युवकले शासन सत्ता ढाल्ने उद्देश्यले आफ्ना साथीहरूलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेको स्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?