+
+
Shares

साढे ३३ किलो सुनकाण्डमा थप दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते १८:४२

३१ वैशाख, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले झापा दमकका विनोद अधिकारी र मोतिराम श्रेष्ठलाई पक्राउ गरेको हो । अधिकारीलाई झापाको दमक र श्रेष्ठलाई दोलखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु तस्करीको सुनको पैसा कारोबारमा संलग्न भएको प्रहरीको भनाइ छ ।

पक्राउ गरिएका दु्बैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ । उनीहरुलाई सोमबार नै जिल्ला अदालत मोरङमा म्याद थप गरिएको मोरङका प्रहरी प्रमुख अरुण बिसीले जानकारी दिए ।

दमक ९ निवासी अधिकारीले दमकमा न्यु सिद्धकाली मनी ट्रान्सफर सञ्चालन गरेका छन् भने श्रेष्ठ पनि मनि ट्रान्सफर सञ्चालक हुन ।

मोरङका प्रहरी उपरीक्षक बिसीका अनुसार सुन तस्कारी र सनम हत्याकाण्डमा श्रेष्ठ र अधिकारीलाई यसअघि भने प्रतिवादी बनाइएको थिएन । सुन तस्करी र सनम हत्या काण्डमा संलग्न ६३ जनामाथि अदालतमा मुद्धा चलिरहँदा अनुसन्धान समितिले तस्करीबाट भएको रकम खोजी गर्ने क्रममा अधिकारी र श्रेष्ठको पनि संलग्नता देखिएपछि नियन्त्रण्मा लिइएको उनले बताए ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा गत बुधबार मुद्दा दायर गरेको थियो ।

सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ विगोसहित उनीहरु विरूद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गरिएको थियो ।

सन २०१५ यता ३८ क्वीन्टल सुन चारी निकासी गरेको माग दावी सहित सुन चोरी पैठारीको अवैध निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोग लगाइएको छ । जिल्ला अदालतमा प्रतिवादीको तर्फका वकिलहरुको थुनछेक बहस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?