+
+

धरहरा निर्माणका लागि टेण्डर आहृवान

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते २०:०५

३१ वैशाख, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माणका लागि टेण्डर आहृवान गरेको छ । प्राधिकरणले सोमवार सार्वजनिक सूचना जारी गरेर टेण्डर आहृवान गरेको हो ।

धराहरा निर्माणका लागि इच्छुक निर्माण कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आहृवान गरेको प्राधिकरणको सम्पदा महाशाखा प्रमुख राजुमान मानन्धरले अनलाइनखबरलाई जानकारी दिए ।

‘टेण्डर आहृवान गरेको ३१ औं दिनमा खोल्छौं र त्यसको करिब दुई सातामा मूल्याङ्कन गरी छनोट भएको कम्पनीलाई निर्माणको जिम्मा दिनेछौं,’ महाशाखा प्रमुख मानन्धरले भने ।

आगामी असारभित्रै धरहरा निर्माण थाल्ने र दुई वर्षभित्र धराहरा बनाइसक्ने प्राधिकरणको योजना छ ।

प्राधिकरणले बनाउने धरहरा भने ‘कंक्रिट’ को हुने सम्पदा महाशाखा प्रमुख मानन्धरले बताए । ‘धरहराको स्वरुप पहिलाको जस्तै हुन्छ,’ उनले भने, ‘मोटाइ भने पहिलेको भन्दा केही मोटो हुन्छ ।’

प्राधिकरण आफैंले परामर्शदाता ‘हायर’ गरेर धरहराको डिजाइन तयार गरेको र त्यसैको आधारमा निर्माण हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?