Comments Add Comment

वीरगञ्जमा सीसीक्यामेरा जडान गर्न महानगरले दियो १५ लाख


१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा सीसी क्यामेरा जडानका लागि १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

वीरगञ्ज महानगपालिका प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा प्रदेशसभा सदस्य ओमप्रकाश शर्मालाई मंगलबार चेक हस्तान्तरण गरेका हुन् ।

प्रमुख सरावगीले नगरको सरसफाइ र सुरक्षा महानगरको प्राथमिकता भएको बताए । ‘वीरगञ्ज महानगरपालिकाको सुरक्षा र सरसफाइलाई सुदृढ बनाउन र नगरलाई सुरक्षित गर्ने उद्देश्यले सुरु गरिएको सिसिटीभी परियोजनाले नगर सुरक्षित, शान्त हुने र अपराध पनि घट्ने विश्वास छ’ उनले भने ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष शर्माले प्राप्त सहयोगले सेफर वीरगञ्जले सञ्चालन गरिरहेको अभियानमा यसले ठूलो सहयोग पुग्ने बताए । सेफर वीरगञ्जलाई अझ प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था, नागरिक समाज समेतको सहभागितामा सञ्चालित सेफर वीरगञ्ज परियोजना अन्र्तगत वीरगञ्जमा २ सय ५० भन्दा बढी सीसी क्यामेरा जडान गर्ने लक्ष्य राखिएको छ ।

यस परियोजनाले वीरगञ्ज नगरलाई शान्त, सुन्दर, सफा र सुरक्षित मद्दत पुग्ने विश्वास व्यापारीहरुको छ । नगर क्षेत्रमा जडान गरिएको सीसी क्यामेराको जडान तथा मर्मत सम्भार पनि सेफर वीरगञ्जले नै गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment