
१ जेठ, काठमाडौं । मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथि नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले आक्रमण गरेको खुलेको छ ।
आक्रमणमा संलग्न नेकपाका भक्तपुर सेक्रेटरी कुशल बोगटी पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बोगटीलाई बागबजारबाट पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले बताए।
उनको साथबाट घटनामा प्रयोग भएको मोटरसाइकलका साथै ५ थान मोबाइल र १४ थान सिम बरामद भएको छ ।
मेयर श्रेष्ठमाथि भएको आक्रमणमा बोगटीको प्रत्यक्ष संलग्नता देखिएको महाशाखाले जनाएको छ ।
मेयर श्रेष्ठमाथि ४ वैशाखमा आक्रमण भएको थियो । उनको गाडीमा समेत तोडफोड भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4