१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गर्ने बताएका छन् ।
मंगलबार प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा टि्वट गर्दै मधेशको भावना सम्बोधन गर्ने बताएका हुन् ।
ओलीले प्रदेश २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटपछि लगातार तीनवटा टि्वट गरेका छन् । जसमध्ये उनले मैथिली भाषामा दुईवटा ट्वीट गर्दै मधेशको मन जित्न खोजेको देखिन्छ ।
प्रदेश २के मा. सदस्यसभक सर्वदलीय प्रतिनिधिमण्डलसँ भेटिक प्रसन्नता भेल। शिक्षा, स्वास्थ्य, कृषि, सड़कसन विषय आ सिंचाइ तथा डुबान समस्याके समाधानक दिशामे हुनकासभद्वारा देखाओल गेल अग्रसरताक लेल धन्यवाद।
— K P Sharma Oli (@kpsharmaoli) May 15, 2018
हम विश्वास दिआबैत छी जे आगामी आ.व.के सरकारक नीति/कार्यक्रम आ बजेटमार्फत तराइ-मधेशक विकास आ समृद्धिक चाहनाकेँ सम्बोधन कएल जाएत।
— K P Sharma Oli (@kpsharmaoli) May 15, 2018
प्रदेश २ का सांसदहरूको सर्वदलीय प्रतिनिधि मण्डलसँग भेट हुँदा खुशी लाग्यो। शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई तथा डुवान समस्याको समाधानका लागि उहॉहरूले देखाउनु भएको अग्रसरताप्रति धन्यवाद।सरकारको नीति–कार्यक्रम र वजेट मार्फत तराई–मधेसको विकास र समृद्धिका चासोहरू सम्बोधन हुनेछन्।
— K P Sharma Oli (@kpsharmaoli) May 15, 2018
ओलीले मधेशको शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिञ्चाई तथा डुबान समस्याको समाधानका लागि सांसदहरुले देखाएको अग्रसरताप्रति धन्यवाद दिएका छन् । उनले आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत तराई मधेशको विकास तथा समृद्धिको चाहना सम्बोधन गरिने आश्वासनसमेत दिएका छन् ।
हालैमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गराउँदै ओलीले मैथिली संस्कृति अनुरुपको पोशाक लगाएर जानकी मन्दिरबाट सम्बोधन गरेका थिए ।
प्रतिक्रिया 4