Comments Add Comment

‘एसइई’ परिक्षासम्म करिश्मा दायाँबायाँ नगर्ने, फिल्मको प्रोजेक्ट पछि धकेलियो


नायिका करिश्मा मानन्धर निर्देशक बन्ने खबर सार्वजनिक भएको धेरै भैसक्यो । करिश्माले चलचित्र निर्देशनका लागि कथा पनि हेरिरहेको खबर सार्वजनिक भएका थिए । तर, करिश्माले अझै पनि नायक राजेश हमालले जस्तै चलचित्र निर्देशन सुरु गर्न सकेकी छैनन् ।

करिश्मा आफैले आफ्नो निर्देशनमा बन्ने चलचित्रबाट छोरी कविता मानन्धरलाई यो क्षेत्रमा डेब्यू गराउने बताएकी थिइन् । तर, करिश्माले चलचित्र निर्देशन गर्न ढिलाई गरेपछि कविता नायक शिव श्रेष्ठको निर्माणमा बनिरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट डेब्यू गर्दैछिन् ।

आखिर किन अधुरै रह्यो त करिश्माको यो काम ? नायिका करिश्मा मानन्धरले पत्रकारहरुसँग भनिन्-‘अहिले म विद्यालयमा पढिरहेको छु । यसैले, एसइइको परिक्षा नसकेसम्म फुर्सद नै नमिल्ने रहेछ । अब, एसइइको परिक्षा दिएपछि म त्या प्रोजेक्टलाई अगाडि बढाउँछु ।’
उनले आफू अरु सबै कुरा बिर्सेर पढाईमा फोकस गरिरहेको पनि बताएकी छिन् ।

‘१-२ दिन विद्यालय नजाँदा पनि धेरै पाठ छुट्छ र कभर गर्न गाह्रो हुन्छ, त्यसैले मलाई निम्ता आउने धेरै ठाउँमा गएकी छैन,’ उनले भनिन् ।
आफूले एसईईपछि गर्ने प्रोजेक्ट छोरी कविताका लागि सुरक्षित रहेको समेत करिश्मानले बताइन् । उनले भनिन्-‘म कवुलाई मेरै चलचित्रबाट डेब्यू गराउने सोचमा थिएँ । तर, शिव दाइले प्रस्ताव गरेपछि नाई भन्न सकिनँ ।’

करिश्मा अहिले मैतीदेवीस्थित त्रिवेणी स्कुलमा कक्षा १० मा पढिरेहकी छिन् । उनी ८कक्षामा अध्ययनरत हुँदा पढाई छोडेर फिल्ममा होमिएकी थिइन् । राजनीतिमा लागेपछि पढाईको अभाव महसुस भएर उनी विद्यालय भर्ना भएकी हुन् । उनको भविष्यमा पीएचडी गर्ने धोको छ ।

 कस्तो देखियो करिश्माकी छोरी र शिवका छोराको जोडी ?

शिव श्रेष्ठले करिश्मालाई दिए ‘ड्रिम गर्ल’ को उपमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment