Comments Add Comment

शिव श्रेष्ठले करिश्मालाई दिए ‘ड्रिम गर्ल’ को उपमा


पुराना नायक नायक शिव श्रेष्ठले आफ्नी समकालिन नायिका करिश्मा मानन्धरलाई ‘डि्रम गर्ल’को संज्ञा दिएका छन् । काठमाडौंमा आयोजना भएको एक कार्यक्रममा बोल्दै शिवले भने-‘आजदेखि म नायिका करिश्मा मानन्धरलाई ‘ड्रिम गर्ल’ भन्न चाहन्छु । के तपाइहरु यो कुरामा सहमत हुनुहुन्छ ?’

शिवले नायिका करिश्मा मानन्धरलाई भगवान्ले फुर्सदमा बनाएको बताउँदै फुर्काए । उनले भने-‘करिश्मालाई त भगवानले पनि फुर्सदमा बनाएका हुन् । उहाँ सधै सुन्दर ।’ शिवले यसो भनिरहँदा नायिका करिश्मा मानन्धर भने लजालु मुस्कान फ्याकिरहेकी थिइन् ।

नायिका मानन्धर र नायक शिव श्रेष्ठले केही चलचित्रमा एकसाथ काम गरेका छन् । अहिले, करिश्माकी छोरी कविता र शिवका छोरा शक्ति एउटा चलचित्रमा जोडीको रुपमा काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment