Comments Add Comment

मस्ती टकः ‘बले’लाई हिरोइन भन्दा ‘आइफोन’ प्यारो'(भिडियो कुराकानी)


जेठ ४ गते शुक्रबारदेखि चलचित्र ‘हैरान’ रिलिज हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा हाँस्य कलाकार सागर लम्साल ‘बले’ र नव-नायिका आरोही शर्मा देखिदैछन् । चलचित्रमा गजित बिष्ट, सत्यराज आचार्य, निश्मा घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारलाई पनि देख्न सकिन्छ ।
यो चलचित्रका मुख्य २ कलाकार सागर र आरोहीले अनलाइनखबरको ‘ओके मस्ती टक’मा निकै रमाइलो गरे ।

बले र आरोहीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


चलचित्र ‘हैरान’ले दर्शकलाई २ घन्टा मनोरञ्जनका साथसाथै देशको अवस्थाबारे पनि सचेत गराउने सागरको भनाई थियो । यस्तै, नव-नायिका आरोहीले यो चलचित्रमा आफू पत्रकारको भूमिकामा देखिएको बताइन् । क्राइम रिपोर्टिङ गर्ने क्रममा आफू यताको कुरा उता र उतको कुरा यता लगाउन सिपालु रहेको आरोहीले बताइन् ।

रमाइलो कुराकानी गर्ने क्रममा यी दुई ‘श्रीमान्-श्रीमति’ समेत बने । घरमा ल्याएको मासु पकाउँदिन भनेपछि बलेले आरोहीलाई थर्काउनु थर्काए । यस्तै, अर्को गेम खेल्दै गर्दा सागर र आरोही ‘दाज्यू-बहिनी’ समेत बने । तर, ‘बले’लाई बहिनी भन्दा ‘आइफोन’ नै प्यारो भएपछि खेलमा ट्विष्ट समेत आयो ।

‘बले’ले आफूले विदेश जाने क्रममा हवाइजहाजमा दिएको ओड्ने नै लिएर हिडेको रहस्य खुलाए । यस्तै, उनले एकपटक हतार भएका कारण भित्री बस्त्र नै स्कुलको बाथरुममा लुकाएर हिडेको समेत बताए ।

हामीले नव-नायिका आरोहीलाई ‘बाथरुममा दुई जना नुहाउनु भएको छ ?’ भनेर प्रश्न सोध्यौ, उनले यसको जवाफ के दिइन् होला ? यसका लागि तपाइले पुरा भिडियो हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment