२ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिमाणमा नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत छन् ।
उनीहरुको साथबाट दुई करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए ।
वाग्लेलाई काठमाडौंको नक्शालबाट पक्राउ गरिएको हो । उनले सुटिङका लागि रकम जम्मा गरेको दाबी गरेका छन् ।
परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले चलाएको अप्रेशनका क्रममा ती नक्कली नोटहरू बरामद भएको हो । नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, लुबु र बागबजारबाट बरामद गरिएको बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको उनको भनाइ छ । नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले स्रोतले बतायो ।
यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए ।
प्रतिक्रिया 4