+
+
Shares

साढे दुई करोड रुपैयाँ नक्कली नोटसहित फिल्म निर्माता पक्राउ

गौरव पोखरेल  गौरव पोखरेल 
२०७५ जेठ ३ गते ३:००

२ जेठ, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले ठूलो परिणाममा नक्कली नेपाली नोटसहित ६ जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिल्म निर्माता माधव वाग्ले, महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

उनीहरुको साथबाट दुई करोड  ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

वाग्लेलाई काठमाडौंको नक्शालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले सुटिङका लागि जम्मा गरेको रकमको बाहना बनाएको प्रहरी स्रोतको भनाइ छ ।

परिसर अन्तगरतको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले बतायो ।

यी नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, लुबु र बागबजारबाट बरामद गरिएको हो । गोंगबुबाट सोमबार, धापाखेलबाट मंगलबार र बागबजारबाट बुधबार बरामद गरिएको हो ।

नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले स्रोतले बतायो ।

यस्ता नक्कली नोट उनीहरुले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्नमा प्रयोग गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?