सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

प्रदेश सरकारले भन्योः संविधान त्रुटीपूर्ण छ, मुख्यमन्त्रीको अभिव्यक्तिमा विवाद नगरौं

Suzuki
अनलाइनखबर

लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश २

३ जेठ, जनकपुरधाम । प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिमाथि बहस गर्नु औचित्यहीन भएको बताएको छ ।

वैशाख २८ गते मोदी नेपाल भ्रमणका आएका थिए । त्यसक्रममा जनकपुरमा भएको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरुद्ध आफूहरु संघर्षरत रहेको बताएका थिए ।

मुख्यमन्त्री अन्तरिक मामिला विदेशी पाहुनासामू राख्नु कूटनीतिक मर्यादा विपरित भएको भन्दै केन्द्र सरकारले असन्तुष्टि जनाएको छ । प्रदेशसभामा पनि मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्कै बहस भएपछि सरकारले जवाफ दिएको छ ।

बिहीबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवले नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्रीले जनताको इच्छा र आकांक्षा अभिव्यक्त गरेको बताए । ‘जनताको भावना बमोजिम अभिव्यक्ति दिनु नेतृत्वको दायित्व हुन्छ । सोही दायित्व सम्झेर मुख्यमन्त्रीले लाखौं जनताका अगाडि आफ्ना कुरा राख्नु भएको हो, संविधानमा अझै त्रुटी र विभेदका कुराहरु छन् ।’

संविधानमा भएका विभेदकारी प्रावधान र प्रदेशको अधिकारका लागि आफ्नो धारणा राख्नु गलत नभएको मन्त्री यादवले बताए । उनले भने, ‘जनमतले दिएको म्यान्डेट नेतृत्वले उठाउनु स्वभाविक हो । त्यसकारण मुख्यमन्त्रीको भनाइका सन्दर्भमा भइरहेको टिकाटिप्पणीको कुनै औचित्य छैन ।’

२०७५ जेठ ३ गते २०:३९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२४ प्रतिकृयाहरू प्राप्त
  • Padam लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ११:५०

    घाँडै भयाे ।

    41
    2
    Share

  • jitthakuri लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ११:५४

    Sambidhan Ko Birodh garne Le Yahi sambidhan Le Diyako Adhikar Prayog Garne Adhikar Chhain /?Mukhyamantri Le Naitikatako aadharma Rajinama dinuparchha.

    46
    7
    Share

  • Mero Pani Bhanu cha ..... लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:०३

    Open challenge …..Prades No 2 Vs Centerl goverment…..

    29
    1
    Share

  • LX लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:०९

    मुख्यमन्त्रीको सुरु-सुरुको काम हेर्दा लाग्थ्यो कि उप्र्न्द्र यादवले राम्रै मान्छे छानेछ्न् तर अहिलेको उनको रबैया हेर्दा लाग्छ उपेन्द्र यादवले नभएर पारीबाट चुनिएर आएजस्तो लाग्छ !

    78
    7
    Share

  • Manish Jha लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:११

    ए टपरटुइयाँ हरु, कती हामी मधेसीको नाम बेची खान्छौ! संबिधानमा केइ त्रुटी पक्कै होलान तर जसरि तिमीहरुले बिदेशी हरुको अगाडी निबेदन गर्दैछौनि त्यती धेरै त्रुटी पनि छैनन ! पहिला सम्बिधान पुरै पढेर त हेर !

    115
    10
    Share

  • Ramesh Lama लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:२६

    मन्त्रि ज्यु ले सहि कुरा भन्नु भयो,

    मुख्य मन्त्रीले आफ्नो जनताको कुरा किन राख्न नपाउने, त्यहि हाम्रो कुरा राखोस हाम्रो अधिकारको सुनिसिताको लागि आवाज उठाउनुहोस भनेरै मुख्य मन्त्रि बनेको हो

    तितो सत्य कुरा राख्दा किन यत्रो हंगामा

    17
    93
    Share

  • T. Tulachanconcerned लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:३६

    Do not mistake again.

    You need to talk to Nepal government and people of Nepal. Also why the constitution is not fair for Madheshi people?

    You and other Madheshi leaders are not working hard to lift up ordinary Madhesi people’s living standard. For example if any good podt or job exists you prioritize your neighbour and circles first but not to helpless Madheshi people!!! What did you do to poor people on recent flood?

    Please do not just blame constitution. Respect it and salute it because you got this post, province and opportunity to raise your voice and concern in freedom.

    39
    3
    Share

  • Amit Kumar Bhandari लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:३९

    हैन यिनीहरूले कुरा नबुझेका हुन कि बुझाउन नसकिएको हो जनताको कुरा सभामा राख्नु ठीक हो तर त्याे सभा कुनै बिशेष प्रयोजनको लागी थियो र त्यहा भन्नुको कुनै तुक थिएन भन्ने कुरा किन नबुझेका …………मेरो गोरूको बाह्रै टक्का भने जस्तो गर्छन बा……………………

    57
    2
    Share

  • छिरीङ शेर्पा लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:४६

    आफ्नो घरको झगडा आफ्नै परिवार बसेर मिलाउने हो भन्ने कुरा थाहा छैन रहेछ २ नं. प्रदेश का. मु.मन्त्री ज्यूलाई आफ्नो घरको घर झगडा छिमेकीलाई मिलाई देउ भन्नु भनेको लाजमोर्दे कुरा हो । भन्ने कुरा थाहा रैन छ । बरु त्यो भ्रमणमा २ नं. प्रदेशका मु.मन्त्री ज्यूले के कुरा उठाउने भन्ने थाहा नभएको भए एक चोटी कंचनपुर बासिन्दालाई सोध्न गए हुन्थो नि पिलर उखेलेको, सिमा मिचेको नदेख्ने, नेपाली मुलुका जनताले दुख पाको नदेख्ने अनि संविनधन त्रुटीपुर्ण भयो भनेर बाजा बजाउनु बेकार छ ।

    51
    5
    Share

  • SKB लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १२:५७

    तराईको आन्दोलनमा भारतीय भूमिका, भारतीय नाकाबन्दी र भारतले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालविरुद्ध गरेको लबिङले युगौंसम्म भारतलाई नेपालको मित्रराष्ट्र भन्न पटकै सकिदैन ।
    भारतले गरेको ६ महिना लामो नाकाबन्दी, हाम्रो स्वाभिमानमा धक्का पु¥याउने नाकाबन्दी भुल्न सकिन्न

    अभिनन्दन समारोहमा के बोल्न मिल्छ, के मिल्दैन मुख्यमन्त्रीका सल्लाहकारले ध्यान दिनुपथ्र्यो,
    यस्ता अभिव्यक्ति आउनु अपरिपक्व र अमर्यादित हो ।

    SKB

    61
    3
    Share

  • Saroj लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १३:११

    फटाहाहरु । आफूलाई जे मन लाग्यो त्यो गर्न नपाए पछि त्रुटिपूर्ण ? अरे जनताको चाहाना बोलेको रे ? सुन्दा पनि कन्सिरो तातेर आउछ भन्या । माफ पाउ यस्तै यस्तै अभिब्यक्ति र ब्यबहारले घरिघरि यी नेपाली होईनन् जस्तो लाग्छ ।

    35
    3
    Share

  • Navin लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १३:४९

    दुइ नं प्रदेशका मुख्यमन्त्रीले जनताका अगाडी आफ्ना कुरा राखेका हैनन । मोदिका अगाडी मलाई अन्याय भो प्रभु भनेर डांको छोडेर रोएका हुन । तिमलाई लाज छैन ?

    39
    4
    Share

  • चुडामणि पराजुली लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १६:११

    चिच्चाई चिच्चाई मधेशको वारेमा घोक्रो सुकाउनेहरु नेताहरुवाट नै लुटिएका छन् । तराईवासी जनताहरु । नेपालको माया छ भने यस्तो भन्न सुहाउदैन । यो त पोई मन परेन छिमेकी संग पोईला जान्छु भनि धम्क्याएको जस्तो पो भयो ।

    38
    1
    Share

  • यज्ञ खड्का लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते २२:३३

    हैन बिहारी भनि चिनाएको कि कसो । नेपाली मधेशी भए यसो गर्न नपर्ने ।

    0
    0
    Share

  • Prakash लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते २२:३९

    The Chief Minister’s expression has proven how they are connected to India. We should forget that the Blockade to Nepal was their joint action (India and Madhes badi Dal). It is natural that their statement shows how their joint mission is still going on.

    0
    0
    Share

  • pratap shrestha लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते २२:५६

    मुख्य मन्त्री ज्युले जनताको म्यान्डेट बोलेको हो भने मोदीलाई हमारे प्रधानमन्त्री जी भनेर सम्बोधन गर्नु पनि जन म्यान्डेट नै हहो ? मन्त्री ज्युले जवाफ दिन पर्यो ।

    0
    0
    Share

  • Sunny Shrestha लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते ०:०३

    Dudh ko sethi biralo!!

    0
    0
    Share

  • Desh Bandhu Sharma लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते ०:२५

    हालै जनकपुरमा भारतीय प्रधानमन्त्रि लाइ गरेको अभिनन्दन कार्यक्रममा आयोजकले नमिलेको नेपाली झण्डा राखेर देशको शान घटाए भने देशको प्रधानमन्त्रिको अघाडी प्रदेशका मुख्यमन्त्रीले राज्यले मधेशीलाई भेदभाव गरेको छ, संविधानले मधेशीलाई अधिकार बाट बन्चित गरेको छ , सबै मधेशी शोषित पिडित छन्, त्यसैले भारतले मधेशीलाई सहयोग गर्नु पर्यो भन्ने खालको बक्तव्य दिएर दुइ तिहाइ बहुमतले चुनेर आएका नेपालका प्रधानमन्त्रिलाई मात्र नभएर सम्पूर्ण देशप्रेमी र स्वाभिमानी नेपालीलाई लज्जित बनाए । यो अबस्था आउनुमा धेरै हदसम्म नेपालको परराष्ट्र मन्त्रालयको पनि दोष छ, बिदेशी सरकार प्रमुखको स्वागत गर्दा, भाषण गर्दा के गर्नु हुन्छ के गर्नु हुन्न के भन्नु हुन्छ के भन्नु हुन्न भनेर मुख्यमंत्रिलाइ समयमै सचेत गराउन पर्थ्यो ।
    अहिले आएर पनि ९०% को समर्थनमा लोकतान्त्रिक तरिकाले ल्याको संबिधान ठिक भएन , अझै पनि राज्यले आफुलाई विभेद गरेको छ, थिचो मिचो गरेको छ भनेर मधेशीहरुले भन्न सुहाउन्न । हो कुनै बेला मधेशीहरु माथि भेदभाव थियो होला तर अहिले आएर अरुले भन्दा बढी सुबिधा मधेशी हरुले नै पाएका छन् । उनीहरु देशका सर्वोच्च पदमा पुगी सकेका छन्, धेरै पल्ट मन्त्रि बन्नेमा मधेशी नेता हरु नै छन् , जताजतै उनीहरुको लागि आरक्षण छ । उनीहरु प्रति कुनै भेदभाव छैन । कुनै मधेशी युवकले भारतीय महिलासंग बिबाह गरेमा उक्त महिलाले नेपालको नागरिकता तुरुन्त पाउछिन जबकी अमेरिका जस्तो देशमा पनि त्यसरी नागरिकता पाउन कम्तिमा ३ बर्ष लाग्छ । भारतबाट त्यसरी आएर नागरिकता पाएकी महिलाले नेपालमा नेपालि नागरिक सरह सबै अधिकार पाउछिन , खालि देशको राष्ट्रपति, प्रधान मन्त्रि, मुख्य मन्त्रि जस्ता सम्वेदनशिल र प्रमुख पदमा उमेद्वारी दिन पाउदिनन् तर अरु सबै पदमा पाउछिन । मैले बुझे सम्म मधेशीहरुले आफुलाई विभेद भयो भन्नुको कारण त्यहि मात्र हो , अरु कुनै कारण छन् भने कृपया थाहा पाउनेले भन्नु होला । फेरी त्यो कुरा मधेशीलाई मात्र लागु हुने होइन । कुनै पहाडीले चिनबाट एउटा महिला बिबाह गरेर ल्याए ति महिलालाई पनि सोहि कुरा लागु हुन्छ , अनि कहा भयो विभेद ? संसारका कति देशमा अंगिकृत नाकरिकलाइ देशको उच्च पदमा चुनाव लड्ने अधिकार छ र नेपालमा दिनु पर्ने ?

    0
    0
    Share

  • Baburam लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते ६:१२

    मालिक उनि हुन् कि नेपाली जनता? प्रस्न यत्ति मात्र हो.

    मुख्य मन्त्री भै सकेपछि केहि कुटनैतिक सीमा हुन्छन, त्यो उंहाले बुझ्नु पर्दथ्यो.अब उहाँ राष्ट्र सेवक पनि हो .
    धनको रासमाथि सुतेर, उहाँलाई आरक्षण (धेरै गरीबहरुलाई पछि छोडेर) मिलिरहेको छ.
    समस्या जिम्मेबारी बोधको मात्रै हो.

    0
    0
    Share

  • Yam sharma लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते ८:२७

    A neta gan. Timiharu kun dharatal ma basara chief ministet khayara basna ani ghanda desko kanun alikati saram lagadaina.

    0
    0
    Share

  • Nirajan लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते १०:१२

    मुख्यमन्त्रीको सुरु-सुरुको काम हेर्दा लाग्थ्यो कि उप्र्न्द्र यादवले राम्रै मान्छे छानेछ्न् तर अहिलेको उनको रबैया हेर्दा लाग्छ उपेन्द्र यादवले नभएर पारीबाट चुनिएर आएजस्तो लाग्छ !

    0
    0
    Share

  • keshab लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते १२:१९

    nepal ko law mandina bhanne neta ani janata kun desko law ramro lagxa utai gaya kurai sakinxa .

    0
    0
    Share

  • आदर्ष लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते १३:१८

    प्रदेश नं. २ को सरकारले संविधानमा उल्लेखित कुन कुन धारा र उपधारा विभेदभूर्ण र त्रुटिपूर्ण छ भनि प्रष्ट पारीदिए २ नं. प्रदेश लगायत सम्पूर्ण देशका जनताहरु सुसूचित हुने र सरकार जनताप्रति जवाफदेही भएको ठहरिन्थ्यो की ?

    0
    0
    Share

  • manoz लेख्नुहुन्छ    |   २०७५ जेठ ४ गते १३:५८

    kura rakhnai thiyo vane duban ko kura sima michiyeko kura kina rakhena tyo indian dalal le

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this