७ जेठ, काठमाडौं । सर्वोच्च अदालतले अमर झाँक्रीसहित विप्लव समूहका सात नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसंध्यामा २५ वैशाखमा पक्राउ परेका उनीहरुविरुद्ध केही सार्वजनिक अपराधको मुद्दा चलाइएको छ ।
तर, ३५ दिनभित्र थुनामा राखेर अनुसन्धान गर्न आदेश दिँदा म्याद थप गर्नु पर्ने औचित्य पुष्टि हुने वस्तुनिष्ठ आधार कारण उल्लेख नभएको सर्वोच्चको ठहर छ ।
न्यायाधीश ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको इजलासले ‘मनासिव माफिकको कारण र औचित्य पुष्टि नगरी स्वेच्छाचारी रुपमा अनुसन्धानका लागि भनि म्याद थप गरी थुनामा राख्नु गैरकानुनी भएको’ बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4