+
+

‘जाइरा’मा नम्रताको यस्तो लुक्स, ८ केजी घट्दा फेरिइन् नम्रता

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ८ गते १७:३६


नायिका नम्रता श्रेष्ठ आफूलाई हरेक चलचित्रमा फरक–फरक भूमिका र गेटअपमा देखाउन चाहन्छिन् । यसैले, पनि नम्रताले अभिनय गरेका चलचित्र विशेष हुने गर्दछन् । चलचित्र ‘क्लासिक’मा दृष्टिबिहिन यूवतीको भूमिकामा देखिएकी नम्रताले नयाँ चलचित्र ‘जाइरा’का लागि आफूलाई फेरि फरक गेटअपमा ढालेकी छिन् ।

यो चलचित्रका लागि नम्रताले कपाल काटेकी छिन् भने तौल पनि घटाएकी छिन् । आज ललितपुरमा आयोजना भएको कार्यक्रममा कलाकारको गेटअप सार्वजनिक गरियो । नायिका नम्रता श्रेष्ठ चलचित्रकै गेटअपमा कार्यक्रममा उपस्थित भएकी थिइन् । उनले, यो चलचित्रमा आफू बक्सरको भूमिकामा देखिएको बताइन् ।

चलचित्रका लागि नम्रताले ८ केजी तौल समेत घटाएको बताइन् । उनले, कपाल काट्दा दुःख भने लागेको तर भूमिकाका लागि आफूले त्यसमा ढालेको बताइन् । चलचित्रमा नम्रता श्रेष्ठको साथमा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, प्रमोद अग्रहरि, सम्राट मगर र सुजिता श्रेष्ठको मुख्य भूमिका छ ।

यो चलचित्रलाई मंसिरमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । चलचित्रलाई पूर्ण रुपमा एक्सनप्रधान बनाइएको छ । जसमा, नम्रतालाई दर्शकले ‘एक्सन लेडी’को रुपमा देख्न पाउनेछन् । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रलाई ट्रेन्डसेटर्स र हाइली हाइले निर्माण गरेका हुन् । चलचित्रमा आशुतोषकै कथा, लोकेश बज्रचार्यको सम्पादन, बाबु श्रेष्ठको छायांकन, आशुतोष र निरोज महर्जनको स्क्रिप्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?