+
+
Shares

सरकारलाई रास्वपा सांसदको सुझाव : ‘सेप्रेसन अफ पावर र रुल अफ ल’ लाई ध्यानमा राख्नू

रास्वपाकी सांसद अमृता विकले सरकारलाई शक्ति पृथकीकरण र कानुनको शासनलाई ख्याल गर्न आग्रह गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अमृता विकले सरकारलाई शक्ति पृथकीकरण र कानुनको शासनलाई ख्याल गर्न आग्रह गरेकी छन्।
  • उनले भनिन्, ‘सरकारको राम्रो नियत हुँदा हुँदै पनि केही दुरगामी निर्णयहरू अदालतसँग बाझिने अवस्था देखा परेको छ।’
  • उनले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आगामी दिनमा अदालतसँग नबाझिने गरी निर्णयहरू लिन सुझाव दिइन्।

४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अमृता विकले सरकारलाई शक्ति पृथकीकरण र कानुनको शासनलाई ख्याल गर्न आग्रह गरेकी छन् ।

जनताको ठूलो अपेक्षा र सुशासनको संकल्पसहित सरकार अगाडि बढिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘मुलुकको रुपान्तरणका लागि सरकारले चालेका साहसिक कदमहरू सकारात्मक र स्वागतयोग्य छ ।’

यहीँनेर उनले सरकारले काम गर्दा शक्ति पृथकीकरण र कानुनको शासनलाई ख्याल गर्नुपर्ने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘सरकारको राम्रो नियत हुँदा हुँदै पनि केही दुरगामी निर्णयहरू अदालतसँग बाझिने अवस्था देखा परेको छ । हतारमा गरिएका कतिपय निर्णयले हाम्रो नियत राम्रो हुँदा हुँदै पनि कानुनी जटिलता निम्त्याउन सक्छ ।’

यस्तोमा सरकारले ख्याल गर्नुपर्ने उनको सुझाव छ । अगाडि थप्छिन्, ‘त्यसैले सेप्रेसन अफ पावर र रुल अफ ल लाई पनि ध्यानमा राख्दै आगामी दिनमा अदालतसँग नबाझिने गरी पूर्ण तयारीका साथ निर्णयहरू लिन म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?