Comments Add Comment

गोल्ड डन ‘गोरे’ को बयान सुरु

९ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य व्यवस्थापक चुडामणि उप्रेती ‘गोरे’ को बयान सुरु भएको छ ।

जिल्ला अदालत, मोरङ बुधबार दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।

‘उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ’, अदालतका एक अधिकारीले भने । उप्रेती बुधबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए ।

उनलाई गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेर अदालतमा पेश गरिएको थियो ।

यसअघि मंगलबार मात्रै प्रकरणका ३० अभियुक्त मध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो ।

त्यसमध्ये एक जना धरौटीमा छुटेका छन् भने एक जनालाई सामान्य तारेखमा छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment