नायिका नम्रता श्रेष्ठले फरक भूमिकामा आफूलाई ढाल्नका लागि सधै मिहिनेत गर्छिन् । दृष्टिबिहिन यूवतीदेखि फाइटर लेडीसम्म आइपुग्दा उनको मिहिनेत झल्किएको छ ।
नायिका श्रेष्ठले चलचित्र ‘जाइरा’का लागि ६ महिनादेखि मार्सल आर्टको तालिम मात्र लिइनन् आफ्नो आकर्षक कपाल पनि काटि्न । कपाल काट्दा दुःख लागेपनि हिजोआज बजारमा नक्कली कपाल भएकाले आफूलाई सजिलो हुने उनले बताइन् ।
नम्रतासँगै यो चलचित्रमा श्रृजना रेग्मीले काम गरेकी छिन् । श्रृजना यही चलचित्रबाट रजतपटमा डेब्यू गर्दैछिन् । श्रृजनाले पनि यो चलचित्रका लागि मिहिनेत गरेको बताइन् । यो चलचित्रमा उनी खलपात्रको भूमिकामा छिन् । जसको भिडन्त नम्रतासँग हुनेछ ।
चलचित्र क्षेत्रमा नम्रता र श्रृजना ‘फाइटर लेडी’को रुपमा उदाउने पक्का छ । नायिका नम्रताले अब नयाँ चलचित्र ‘प्रसाद’मा काम गर्दैछिन् । यो चलचित्रमा भने नम्रताले लामो कपाल पाल्नु पार्नेछ । अब, यो संभव नभएकाले गर्दा आफूले नक्कली कपाल लगाउने उनले बताइन् । तर, ‘प्रसाद’का लागि आफूले तौल बढाउने नम्रताले बताएकी छिन् ।
प्रतिक्रिया 4