Comments Add Comment

सन्दीपले पाए २५ लाखको कार [तस्वीरसहित]

९ जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् ।

टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख रुपैयाँ पर्छ ।

बुधबार आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका  नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको चाबी हस्तान्तरण गरे ।

१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment