Comments Add Comment

चितवनमा ऋचाले भनिन्-‘सुनकेशरी’ जस्तो हरर फिल्म बनेकै छैन’


‘सुनकेशरी’को प्रचारका लागि चितवन पुगेकी नायिका ऋचा शर्माले यस्तो हरर चलचित्र यसअघि नेपालमा नबनेको दाबी गरेकी छिन् । उनले पत्रकारहरुसँग भनिन्-‘नेपालमा यसअघि पनि हरर चलचित्र नबनेका होइनन्, तर त्यती स्तरिय थिएनन् । ‘सुनकेशरी’ हरेक कोणबाट स्तरिय छ ।’

चलचित्रका लागि अहिलेसम्म १ करोड ३० लाख खर्च भएको ऋचाको भनाई छ । उनले, नेपालमा खोजे जस्तो लोकेशन नभएका कारण आफूहरुले सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरेको बताइन् । यो चलचित्र बनाएर आफूहरुले ठूलो जोखिम मोलेको र आफ्नो लागि पनि यो भूमिका चुनौतीपूर्ण रहेको ऋचाको भनाई छ ।

ऋचासँगै चितवन पुगेका निर्देशक अर्पण थापाले भने-‘यो चलचित्रले दर्शकको माया पाएको खण्डमा नेपालमा धेरै हरर चलचित्र बन्नेछन् । यदि, यो चलचित्र चलेन भने ५-७ बर्ष हरर चलचित्र नेपालमा बन्दैन ।’

भोलीबाट रिलिज हुन लागेको चलचित्रमा ऋचाका साथमा भीम न्यौपाने, रविन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मा लगायतको मुख्य भूमिका छ । मनोज अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्माता शर्मिला सापकोटा र धर्मराज अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment