Comments Add Comment

यस कारण पनि थाइराईडको औषधी सेवन गर्न जरुरी छ ?

काठमाडौं । थाइराइड एक प्रकारको अटो इम्युन डिजिज हो । यो रोग लागेमा शरीरको रोगप्रतिरोधी क्षमता कम हुन्छ । शरीरले रोग विरुद्ध लड्न नसकेपछि विभिन्न समस्या देखिन्छ । त्यसैले शरीरमा थाइराइडको समस्या भएमा तुरुन्तै चिकित्सकको सल्लाह अनुसार औषधी खानुपर्छ ।

सामान्यतः थाइराइड ग्रन्थिले टी थ्री, टी फोर र टीएचएस नामक हर्मोनको उत्पादन गर्दछ । शरीरमा थाइराइड ग्रन्थिले उत्पादन गर्ने यी हर्मोनको गडबडी भएमा थाइराइड हुने गर्छ । थाइराइडको समस्या दुई किसिमको हुन्छ, हाइपर थाइराइडिज्म, हाइपो थाइराइडिज्म ।

हाइपोथाइराइडिज्म भएमा शरीरमा हर्मोनको कमी हुन्छ, जसका कारण शरीर मोटाउने, सुन्निने, फुल्ने, छाला फुस्रो हुने, निद्रा नलाग्ने, कब्जियत हुने, काम गर्ने जाँगर नचल्ने, थकान महसुस हुने, निःसन्तानपन आदि लक्षण देखिन्छन् ।

शरीरमा थाइराइड हर्मोनको उत्पादन धेरै भएमा शरीरको तौल कम हुँदै जाने, सास फुल्ने, मुटुको धडकन बढ्ने, धेरै पसिना आउने, धेरै गर्मी लाग्ने, छालामा विभिन्न प्रकारको एलर्जी हुनेजस्ता समस्या देखिन्छन् । यो समस्या थाइराइडको कमीको तुलनामा बढी घातक मानिन्छ किनभने शरीरमा थाइराइड हर्मोन उत्पादन धेरै भएमा यसले मुटुलाई असर  पार्ने गर्छ ।

त्यसैले चिकित्सकहरू थाइराइडको समस्या भएमा तुरुन्तै उपचार गर्न सल्लाह दिने गर्छन् । विभिन्न तरिकाको उपचारद्वारा पनि यो रोगलाई सजिलै निको पार्न सकिन्छ । शरीरमा थाइराइड हर्मोनको कमी भएमा हर्मोन बढाउने औषधीको प्रयोग गरेर तथा शरीरमा थाइराइड हर्मोन बढी भएमा त्यसलाई घटाउन औषधीको सेवनबाट पनि नियन्त्रण गर्न सकिन्छ ।

कतिपय मानिसहरूले थाइराइडको लक्षण थाहा नपाएर पनि उपचार गर्न जाँदैनन् । त्यस्तै कतिपयले थाइराइड पत्ता लागिसकेपछि पनि औषधी सेवन गर्दैनन् । जब कि थाइराइड रोग लागिसकेपछि समयमै उपचार नगरे वा यसको औषधी समयमै सेवन नगरे शरीरमा विभिन्न समस्या उत्पन्न हुन्छन् ।

के के हुन्छन् त समस्या ?

– गर्भधारण गरिएको छ भने गर्भमा रहेको बच्चा खेर जाने सम्भावना बढ्छ ।

-थाइराइडको गडबडीका कारण बच्चा नबस्ने समस्या हुनुका साथै निःसन्तानपनको समस्या धेरै हुने गर्छ ।

-मुटुको समस्या भएकाहरूलाई थाइराइड भएमा उनीहरूले थाइराइडको औषधी सेवन नगरेमा मुटुमा समस्या हुने गर्दछ ।

-थाइराइड ग्रन्थिले थाइराइड हर्मोनको बढी उत्पादन गरेमा त्यसले मुटुको चालमा गडबडी गर्ने हुँदा समयमै थाइराइडको औषधी सेवन गर्नुपर्छ ।

-थाइराइड रोगको औषधी समयमै सेवन नगरेको खण्डमा ओस्टियोपोरोसि (बाथ रोग) हुने सम्भावना बढी हुन्छ ।

-त्यसबाहेक शरीरमा मेटाबोलिज्म (खानालाई शक्तिमा बदल्ने)को कमी भएमा वा शरीरमा तागत नपुगेमा बारम्बार हड्डी फ्य्राक्चर हुने सम्भावना पनि उच्च हुने गर्छ ।

-थाइराइडको औषधी समयमै सेवन नगरेमा रक्तचाप समेत अनियन्त्रित हुनसक्छ ।

-कतिपयको हकमा थाइराइडको औषधी नियमित रूपमा सेवन नगरेकै कारण थाइराइडको समस्या भएका व्यक्तिहरूको रगतमा कोलेस्ट्रोल बढ्ने सम्भावना पनि उच्च हुन्छ ।

त्यसबाहेक, नियमित रुपमा थाइराइडको औषधी सेवन नगरेमा काम गर्न जाँगर नचल्ने, थकान महसुस हुने, निद्रा नलाग्ने, कब्जियत हुने जस्ता समस्या उत्पन्न हुने भएकाले पनि चिकित्सकको सल्लाहमा थाइराइडको औषधी नियमित सेवन गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment