Comments Add Comment

करिश्मालाई लाग्यो तीज


यो जेठको महिना हो । महिलाहरुको महान् पर्व तीज आउन अझै ३ महिना बाँकी छ । तर, नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धरलाई भने तीजले छोएको छ ।

शनिबार काठमाण्डौको एक पार्टी प्यालेसमा रातो सारी, चुरापोतेमा सजिएर करिश्माले छमछमी नृत्य गरिन् । गायिका पारु रञ्जितको आवाजमा रहेको ‘कसौडीमा तातो तातो दर पकाउँछिन् आमा’ बोलको गीतमा करिश्माले केही कोरसको साथमा नृत्य गरिन् । विरेन्द्र रंजितको लगानी रहेको यो तीज गीतको कोरियोग्राफी तथा निर्देशक पवित्रा आचार्यले गरेकी हुन् ।

पवित्राले चलचित्र ‘मेला, होलीडे’को पनि कोरियोग्राफी गरिसकेकी छिन् भने केही चलचित्रमा अभिनय पनि गरेकी छिन् । श्रीधर पौडेलको छायांकन रहेको भिडियोलाई चाडै नै बजारमा ल्याउने पवित्राले बताइन् ।

नायिका करिश्मा मानन्धरले आफूले तीजको गीतको भिडियोमा खासै काम नगरेपनि यो गीत नेपाली शैलीमा रहेकाले गरेको बताइन् । उनले, तीज पर्व भन्ने वित्तिकै आफू उत्साहित हुने समेत बताइन् । निर्देशक पवित्रा आचार्यले करिश्मा मानन्धरसँग काम गर्न सहज भएको बताइन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment