+
+
Shares

९ लाख लुटेर भाग्ने दुई जना आधा घण्टामै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १३ गते १३:००
लुटेराको गोली लागेर घाइते निर्मलकुमार कार्की

१३ जेठ, कैलाली । गोली हानेर लुटपाट गरी भागेका दुई जना आधा घण्टा नबित्दै पक्राउ परेका छन् । नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यद्यपि लुटपाटमा संलग्न हुन होइन अनुसन्धान पछि मात्रै पुष्टि हुने एसपी घिमिरेले जानकारी दिए ।

बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कुमार कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर लगेका थिए ।

यो पनि पढ्नुहोस्

‘म गोली लागेर ढल्दा नजिकै रहेका प्रहरी रमिते बने’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?