Comments Add Comment

महिला तथा पुरुषलाई विशेषताका आधारमा शास्त्रको वर्गीकरण

कामशास्त्र, कोकशास्त्रजस्ता ग्रन्थले महिला तथा पुरुष दुवैलाई शारीरिक बनोट, हाउभाउ तथा बानीबेहोराका आधारमा विभिन्न वर्गमा विभाजन गरेका छन् । यस्तो वर्गीकरणमा विशेषतः शारीरिक विशेषताका आधारलाई नै प्रमुख बनाइएको पाइन्छ । महिलालाई पद्मनिी, चित्रिणी, शंखिनी र हस्तिनी तथा पुरुषलाई शश, मृग, वृष र अश्व गरी चारचार प्रकारमा बाँडिएको छ । यी हरेक वर्गमा पर्ने नारी तथा पुरुषका अभिलक्षणहरू के के छन् त ? हेरौँ,

महिलाको प्रकार, चरित्र एवं स्वभाव

पद्मनिी

पद्मनिी वर्गमा पर्ने महिलाहरूको शरीर न  होचो न त अग्लो, सामान्य किसिमको हुन्छ । शरद ऋतुको पूर्णचन्ऽजस्तो अनुहारको कान्ति, कमलको फूलझैँ सुन्दर तथा हरिणको जस्तै चन्चल आँखा, सुगाको जस्तै सलक्क परेको नाक, पुष्ट र ठाडा-ठाडा अर्थात् नरिवलजस्तै स्तन हुन्छन् ।यिनीहरूको शरीर फूल झैँ सुन्दर हुनुका साथै कपाल कालो र चिल्लो तथा आँखा लामा हुन्छन् ।

पद्मनिीहरू आँखामा राता डोरा, कोइलीको जस्तो मधुर वाणी तथा धनुषाकार आँखिभौँ र राजहंसको जस्तो हिँडाइ,  सिंहको जस्तो पातलो कमर, कमलको नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुँढजस्तै तिघ्रा तथा पेटमा त्रिवली रेखायुक्त हुन्छन् ।  यिनीहरूको आहार तथा निऽा थोरै हुन्छ भने स्वभाव दानी एवं उत्तम किसिमको हुन्छ ।

पद्मनिीहरू देव, ब्राह्मण, गुरु एवं अतिथिको सम्मान गर्ने, झर्कोफर्को नगरी सदैव प्रसन्नचित्त रहने खालका हुन्छन् । यौनक्रियाका क्रममा यिनीहरूको योनिबाट बग्ने रस कमलजस्तै सुगन्धित हुन्छ । यिनीहरू थोरै समागमबाटै सन्तुष्ट हुने तथा सात्विक आहार रुचाउने हुन्छन् ।

विशेष गरी पद्मनिीहरू हाँसझैं ढल्कीढल्की बिस्तारै हिँड्ने, नाचगान मन पराउने, बत्तीस लक्षणले युक्त, पुत्रवती एवं सौभाग्यवती हुन्छन् । यिनीहरूको शरीरको कान्ति चम्पाको फूलजस्तै हुन्छ भने योनिको आकार फक्रेको कमल फूलको कोसाजस्तै हुन्छ ।

चित्रिणी

चित्रिणी वर्गका महिलाहरूका शरीरको सबै अंग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै होची, पातलो सलक्क परेको शरीर भएका तथा सम्भोगका सबै क्रिया राम्ररी जान्ने हुन्छन् ।

चित्रिणीहरू सुगाको जस्तै नाक र ठूला तथा चन्चल आँखा, सुनजस्तै चम्किलो शरीर, उछिट्टएकिा ओठ र शंखजस्तै घाँटी, हाँसझैँ हिँडाइ र मीठो बोली, ठूल्ठूला र बेलको फलजस्तै कठोर स्तन, कपालको कालो र लामो, नाचगान जान्ने वा मन पराउने हुन्छन् ।

चित्रिणी महिलाहरू लोभ नभएका, दानी सुशीला, सत्य र पि्रय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं देवता, ब्राह्मण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आˆनै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन, चुम्बन र मर्दन आदि मन पराउने, मोटामोटा तिघ्रा भएकी, मीठोमीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्रवस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको योनि बाटुलो हुन्छ भने यौनरस बढी बग्छ । यिनीहरूको योनि भुक्क उठेको हुन्छ भने रौं मसिनो हुन्छ । शरीरबाट महको जस्तो गन्ध आउँछ ।

शंखिनी

शंखिनी वर्गका महिलाहरूको शरीरको बीचको भाग केही बढी लामो हुन्छ । यिनीहरूको आँखा ठूलो हुन्छ । यिनीहरू शीलवती हुन्छन् ।

विशेष गरी शंखिनीहरूको स्तन ठूला र कठोर हुन्छन् । घाँटीमा त्रिवली रेखा, मसिनो बोली, जुन बेला पनि समागमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, चाँडै रिसाउने, शरीरका नसाहरू स्पष्ट देखिने, आˆना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने, सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरूप पनि हुन्छन् ।

शरीरबाट विचित्र प्रकारको दुर्गन्ध वा नुनको जस्तो गन्ध आउँछ । चाक्लो र ठूलो नितम्ब हुन्छ भने  योनिमा रौं बढी हुन्छ । यौनरस थोरै निस्कने तथा समागम गर्दा नखक्षत गर्ने वा रुचाउने हुन्छन् ।  शरीर बढी तातो रहन्छ । शंखिनीहरू पित्त प्रकृतिका, ठिक्कको आहारा भएका, गधाको झैँ वा कान चिरिक्क पार्ने स्वर हुने एवं कपटी र पापी विचार भएका हुन्छन् ।

हस्तिनी

हस्तिनी नारीहरू दिनरात सम्भोगको इच्छा गर्ने र अग्लो शरीर भएका हुन्छन् । गाला, निधार, कान र नाकका प्वाल ठूलो भएका, तिघ्रा र पाखुरा साना तर कसैकसैको भने मोटो भएका, आँखा राताराता र विशाल, कपाल खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका, केही बाँगिएको घाँटी, फालीजस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएका, शरीरबाट विचित्र प्रकारको गन्ध आउने, परपुरुषसँग सम्भोगको मौका खोजिरहने, ठूलो नितम्ब हुने, कर्कशा, धेरै रिसाहा, औंलाहरू बांगाटिंगा भएका हुन्छन् ।

त्यसैगरी हस्तिनीहरू डल्लो र मोटो तिघ्रा, यौनरसमा हात्तीको मदझैं गन्ध आउने, योनिक्षेत्रमा पनि खस्रो, मोटो र बाक्ला रौं, योनि ठूलो र गहिरो हुनाले सम्भोगमा कहिल्यै सन्तुष्ट नहुने हुन्छन् । देवता, बाह्मण, गुरु आदिप्रति अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र दण्डद्वारा नै वशमा राख्न सकिने, जसका अगाडि पनि कुनै डर वा लाज नमानी मनपरी बोल्न अघि सर्ने महिलालाई हस्तिनी भनिन्छ ।

पुरुषको चरित्र, प्रकार एवं स्वभाव

शश

शश अर्थात् खरायो वर्गमा पर्ने पुरुषको ठूलो निधार, सफा लुगा लगाउने, ठूला आँखा, पंक्ति मिलेका सफा दाँत, नरम कपाल, कोमल हातपाउ तथा तिघ्रा अलि पातला हुन्छन् । यिनीहरू चराझैं थोरै भोजन गर्ने र सहवासमा बढी इच्छा नराख्ने, स्वच्छता र पवित्रता मन पराउने, प्रशस्त धनी एवं सम्मान पाउने हुन्छन् ।

शश पुरुषको वीर्यमा एक प्रकारको मीठो बास्ना हुन्छ । लिंगको नाम ४ इन्चजति हुन्छ । यिनीहरू सदैव प्रसन्न मुऽामा रहने, शरीरमा उत्तम लक्षणहरू भएका, सत्यवक्ता, ब्राह्मण र गुरुको सेवा गर्ने, परोपकारमा चित्त लगाउने, परस्त्रीलाई मातासमान ठान्ने तथा मनमा कुनै प्रकारको पनि पापी विचार नभएका हुन्छन् ।

मृग

मृग वर्गका पुरुषको कमलझैं विशाल नेत्र, बुद्धि चंचल, राम्रो शरीर, छिटोछिटो हिँडाइ, मृगको जस्तै चन्चल नेत्र हुन्छ । यिनीहरू बढी भोगेच्छा भएका, उत्तम पहिरन लगाउने, कोमल अंग भएका, बलियो शरीरयुक्त तथा प्रसन्न मुऽामा रहने हुन्छन् । यिनीहरूको लिंगको लम्बाइ ६ इन्च हुन्छ ।

मृग वर्गका पुरुष कुलदेवता वा गुरुमा श्रद्धा राख्ने, धार्मिक चर्चा वा कथा पुराण सुन्न मन पराउने अतिथि सेवामा तत्पर रहने तथा परोपकारी एवं दयालु स्वभावका हुन्छन् ।

बृष

बृष वर्गका पुरुष ठूलो टाउको तथा हृष्टपुष्ट शरीर भएका बलवान हुन्छन् । यिनीहरूको घाँटी कान मोटो, निधारमा बढी रौँ, लाम्चो र ठूल्ठूला आँखा, मोटा हातपाखुरा, कमलझैं नेत्र, सत्वगुण प्रधान, ससाना खुट्टा, बढी लाज नमान्ने, सिंहजस्तै हिँडाइ, मीठो र कोमल वाणी, अनेक कष्ट सहन सक्ने, स्त्रीलाई देख्नासाथ प्रसन्न भएर रतिरागमा नडराई अघि सर्ने हुन्छन् ।

बृष वर्गका पुरुष अल्छी, बढी सुतिरहने, त्यति भोक नलाग्ने, शील र गुण सम्पन्न हुन्छन् । यिनीहरू पुरुष त्यागी, दाता, लाज नमान्ने स्वभावका हुन्छन् । यिनीहरूको शरीरमा बोसो बढी हुन्छ । महिलाहरूले बढी नै रुचाउने बृष जातिका पुरुषको लिंग ८ देखि ९ इन्चसम्म लामो हुन्छ ।

अश्व

अश्व वर्गका पुरुषको घाँटी र कान लामो तथा ओठ मोटो हुन्छ । यिनीहरूको शरीर कालो र देख्दै डरलाग्दो हुन्छ । यिनीहरू सदैव नजाती काम मात्र गरिरहने, मास्तिर जुरुक्क उठेका ठाडाठाडा कपाल, लामा र मोटा हातपाखुरा, बाटुला तिघ्रा, राम्रा औंला र नङ हुन्छ ।

अश्व वर्गका पुरुष अरूको निन्दा गर्ने, हीनबुद्धि, अधर्मी, चञ्चल आँखा भएका, अल्छी, निकै गम्भीर अर्थ भएको वाक्य बोल्ने, दिनरात महिलासँगै लहसिन खोज्ने, वीर्यमा एकप्रकारको अनौठो गन्ध भएका हुन्छन् । महिला पाएमा छिनछिनमा भोग गरिरहने, जति भोग गरे पनि तृप्त नहुने हुन्छन् । यिनीहरू आफूभन्दा पाका उमेरका महिलाप्रति बढी आकषिर्त हुन्छन् । यिनीहरू छिटोछिटो हिँड्ने र मीठो एवं नम्र वाणी बोल्ने अनि मोटो तिघ्रा र ठूलो पेट निस्केका हुन्छन् । यिनीहरूको वीर्य शीतल, बाक्लो र नुनिलो हुन्छ । टम्म मिलेको अग्लो छाती हुन्छ भने लिंगको लम्बाइ करिब १० देखि १२ इन्चसम्म हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment