Comments Add Comment

आफ्नो बायोपिकमा छोरीलाई खेलाउने करिश्माको चाहना


भारतीय फिल्म उद्योग बलिउडमा अहिले बायोपिकको मेला चलेको छ भन्दा पनि हुन्छ । राजनीतिज्ञदेखि खेलाडी र कलाकारसम्मका जीवनमा आधारित फिल्महरु बनिरहेका छन् र ती फिल्मलाई दर्शकले मन पराइरहेका पनि छन् ।

नायक संजय दत्तको जीवनीमा बनेको चलचित्र ‘सञ्जु’ रिलिज हुन एक महिना मात्र बाँकी छ । फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् । सञ्जय दत्त र रणवीर कपुरका फ्यानहरुलाई यो फिल्मको तीव्र प्रतिक्षा छ ।

नेपालमा भने कमै मात्र बायोपिक बन्छन् । गत वर्ष दृष्टिबिहिन युवती श्रृष्टी केसीको जीवनीमा चलचित्र ‘ब्लाइन्ड रक्स’ बन्यो । यद्यपि, त्यो व्यवसायिकरुपमा सफल भने भएन । बायोपिकले दर्शक नतान्ने डरले गर्दा कमै निर्माताले मात्र यस्तो चलचित्रमा हात हालेका छन् ।

नेपाली सेलिब्रिटीमाथि पनि बायोपिक बनाउने हो भने क-कस्को बन्न सक्ला ? धेरै नाम आउन सक्छन्, जसमध्ये एक हुन करिश्मा मानन्धर जो १४ वर्षको उमेरदेखि नै नेपाली चलचित्रमा छिन् ।

करिश्माले भने अहिले नै आफ्नो बायोपिक बन्ने विषयमा केही पनि सोचेकी छैनन् । तर, आफ्नो जीवनीमा पुस्तक भने चाडै नै बजारमा आउने उनले बताइन् । यसअगाडि नायक भूवन केसीको जीवनी समेटिएको पुस्तक बजारमा आएको थियो ।

करिश्मालाई अनलाइनखबरले तपाईंको बायोपिक बन्ने भयो भने यसमा कुन नायिकालाई देख्न चाहनुहुन्छ भनेर सोधेको थियो । करिश्माले भनिन्-‘मैले त अहिले नै यो बिषयमा सोचेकी छैनन् । तर, यदि मेरो बायोपिक बन्यो भने मेरी छोरी कविताले नै त्यसमा अभिनय गरोस् भन्ने चाहन्छु ।’

करिश्माकी छोरी कविता भर्खरै फिल्ममा इन्ट्री गरेकी छिन् । करिश्माले छोरीलाई आफ्नो बायोपिकमा खेलाउने रहर गरे पनि उनको रुप, जिउडाल आमासँग मिल्दैन । उनको अभिनय क्षमता भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment