Comments Add Comment

कीर्ते गरेर सार्वजनिक पोखरी व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २ जना पक्राउ

१५ जेठ, वीरगञ्ज । बारामा प्रहरीले सरकारी छाप दस्तखत कीर्ते गरेको अरोपमा दुई जनालाई पक्राउ गरेको छ । बारा पचरौता नगरपालिका ४ बस्ने वृजमोहनप्रसाद साह र प्रदुमनप्रसाद साह पक्राउ परेका हुन् ।

उनीहरुलाई सरकारी छाप दस्तखत कीर्ते गरी सार्वजनिक पोखरी व्यक्तिको नाममा दर्ता गरेको आरोप लागेको छ । बाराको साविक बेल्दारी गाविस ४ कित्ता नम्बर ३०० ज.वि ०-२-५ सार्वजनिक पोखरीको जग्गालाई सरकारी छाप दस्तखत कीर्ते गरी व्यक्तिको नाममा दर्ता कायम गरेको प्रहरीको दावी छ ।

वृजमोहनप्रसाद साहसमेतको मिलेमतोमा पोखरी व्यक्तिको नाममा दर्ता भएको तथ्य खुलेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । ‘सरकारी छाप दस्तखत कीर्ते गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्’ उनले भने ‘उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं ।’

सरकारी छाप दस्तखत कीर्ते मुद्दामा उनीहरुलाई जेठ १३ गते पक्राउ गरिएको थियो । बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थप पछि उनीहरुको बारे थप अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment