Comments Add Comment

बजेटबारे निजी क्षेत्रको प्रतिक्रियाः युगान्तकारी हुन सकेन

१५ जेठ,काठमाडौं । कम्युनिस्ट पार्टीको बहुमतको सरकारले ल्याएको पहिलो बजेट युगान्तकारी र क्रान्तिकारी हुन नसकेको प्रतिक्रिया निजी क्षेत्रले दिएको छ । बजेट वक्तव्य सुनिसकेपछि नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघका अध्यक्षले औषत बजेटको संज्ञा दिएका हुन् ।

युगान्तकारी परिवर्तनको महशुस भएन
हरिभक्त शर्मा,उद्योग परिसंघ

यो बजेटबाट आम नेपाली जनताले जस्तै निजी क्षेत्रले पनि ठूलो अपेक्षा गरेको थियो । बजेटमार्फत युगान्तकारी र क्रान्तिकारी परिवर्तनको अपेक्षा गरिएको थियो । त्यो अपेक्षा बजेटभित्र कहाँनिर छ मैले पढ्न बाँकीनै छ । तर वक्तव्य सुन्दा चाहिँ त्यो अनुभूति भएन ।

बजेट वक्तव्य सुन्दा यो बिगतकै बजेटको निरन्तरता हो । हुन त अर्थमन्त्रीज्युका बाध्यता पनि होलान् तर धेरै उत्साह भर्नसकेने । पुर्वाधार खानेपानी, सहर विकासको लागि लगानी बढाइएको छ यो राम्रो पक्ष हो ।

विस्तृतमा बजेट नहेरी अरु प्रतिक्रिया नदिउँ ।

समग्रमा सकारात्मक छ
भवानी राणा, अध्यक्ष उद्योग वाणिज्यमहासंघ

बजेट सग्रमा सकारात्मकनै छ । हामीले राखेका कुरा कतिपय समेटिएका छन् । कृषिलाई फोकस गरेर बजेट आएको छ यो राम्रो हो । साना किसानकोऋण मिनाह गर्ने कुरा पनि राम्रो छ । डेरी उद्योगमा ५० प्रतिशत कर मिनाह उत्साहजनक छ । कर सम्बन्धी हामीले दिएका सुझा कति समेटिए ती हेर्न बाँकी छ । विशेष गरि सामाजिक सुरक्षा,शिक्षा, स्वास्थय क्षेत्रमा राम्रो सम्बोधन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment