+

विश्वकपको तयारी : ३६ वर्षपछि विश्वकपमा फर्किएको पेरुको उत्कृष्ट लय

२०७५ जेठ  १६ गते १४:१५ २०७५ जेठ १६ गते १४:१५
विश्वकपको तयारी : ३६ वर्षपछि विश्वकपमा फर्किएको पेरुको उत्कृष्ट लय

१६ जेठ, काठमाडौं । विश्वकप तयारीका लागि भएको मैत्रीपूर्ण खेलमा पेरुले स्कटल्याण्डलाई २-० ले पराजित गरेको छ ।

६ वर्षपछि विश्वकपमा फर्किएको पेरुले खेलभर दबाब बनाएर आफ्नो उत्कृष्टता सावित गर्‍यो ।

रुसमा जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको तयारीका लागि बुधबार बिहान भएको मैत्रीपूर्ण खेलमा स्कटल्याण्डविरुद्ध पेरु हावी देखियो ।

पहिलो हाफको ३७ औं मिनेटमा गोल गरेर अग्रता बनाएको पेरुले खेलको ४७ औं मिनेटमा दोस्रो गोल गरेको हो ।
पेरुका लागि कुएभा र फार्फानले गोल गरेका हुन् ।

यसअघि सन् १९८२ मा विश्वकप खेलेको पेरुले प्ले अफमार्फत रुस विश्वकपमा स्थान पक्का गरेको हो । विश्वकपमा पेरु अस्ट्रेलिया, फ्रान्स  र डेनमार्क सँगै समूह ‘सी’ मा छ ।

यस्तै बुधबार बिहान नै भएको अर्को खेलमा पहिलो पटक विश्वकप खेल्न लागेको पानामाले नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो ।
विश्वकपमा पानामा बेल्जियम, ट्युनिसिया र इंग्ल्याण्डसँगै समूह ‘जी’ मा रहेको छ ।

विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय