+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बजेटले नियन्त्रित अर्थतन्त्रको बाटो समातेको छ : कांग्रेस नेता सिंह

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते १४:०६

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आर्थिक वर्ष २०७५/७६ को बजेटले राज्य नियन्त्रित अर्थतन्त्रको बाटो समात्न खोजेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेखित कतपिय व्यवस्थाले सरकारले देशलाई नियन्त्रित अर्थतन्त्रतिर लैजाने खोजेको संकेत मिलेको बताएका हुन् ।

बजेटका सबै बुँदा अध्ययन गर्दा कम्युनिस्ट सरकारले बनाएको बजेट नियन्त्रित अर्थतन्त्रबाट निर्देशित रहेको पाइएको छ’ उनले भने । कम्युनिस्ट सरकारले देशलाई जनवादी केन्द्रीयताको व्यवस्थामा लैजान लागेको पनि सिंहले आरोप लगाए ।

‘बीच बीचमा यस्तो व्यवस्था घुसाइएको छ, खुला अर्थतन्त्रमा गइसकेको मुलुकमा अहिले जे काम गर्न पनि लाइसेन्स लिएर मात्र गर्नुपर्ने, रुग्ण उद्योगलाई सहकारीले सञ्चालन गर्नुपर्ने भनिएको छ’ उनले भने ‘सत्तामा रहेका दलको कन्ट्रोलमा इकोनोमीलाई लैजाने खालको इन्डिकेसन बजेटमा देखिएको छ ।’

सरकारले कम्युनिस्ट अर्थतन्त्र स्थापना गर्नका लागि विस्तारै काम थालेको पनि सिंहले आरोप लगाए । देशको विकास गर्ने हो भने निजी क्षेत्रलाई समस्यामा पार्न नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?