Comments Add Comment

करोडौंको अनलाइन जुवा खेलाउने २ सय जरिवाना तिरेर छुटे

२१ जेठ, काठमाडौं । करोडौं रुपैयाँको अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका पूर्व राष्ट्रिय फुटबल खलाडी अञ्जन केसीसहित ५ जना जनही दुई सय रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । उनीहरु मध्ये दिनेश बोगटी सामान्य तारेखमा छुटेका छन् ।

यसअघि १५ जेठमा काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका क्रिकेट र फुटबलको लोकप्रिय म्याचहरुमा अनलाइन बेटिङ गरेर जुवा खेलाएको आरोपमा केसीसहित गौरव तिवारी, भुपेन्द्र कुँवर, बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ पक्राउ परेका थिए ।

‘उनीहरू मध्ये ५ जना दुर्इ/दुर्इ सय रूपैयाँ जरिवाना तिरेर छुटेका हुन्’,  परिसरका मुद्दा शाखाका डिएसपी मोहन थापाले अनलाइनखबरलार्इ भने, ‘बोगटीलार्इ भने सफार्इ दिएको छ ।’

जुवा ऐन अन्तरगत उनीहरुमाथि जिल्ला अदालत, काठमाडौं मुद्दा चलाइएको थियो ।

फितलो कारबाहीले फेरि बेटिङमा संलग्न हुने चिन्ता

घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुले भने अभियुक्तहरु दुई सय रुपैयाँ धरौटीमा सहजै छुटेपछि उनीहरु फेरि बेटिङमा संलग्न हुने चिन्ता व्यक्त गरेका छन् ।

‘यसरी सहजै छुटेपछि फेरि भोलिदेखि नै सोही प्रकारको काममा उनीहरु संलग्न हुने खतरा देखिएको छ’, परिसरका एक अनुसन्धान अधिकारीले भने । ती अधिकारीका अनुसार प्रहरीले पक्राउ परेकाहरुमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउने समेत तयारी गरेको छ ।

‘हामीले उनीहरुबाट बरामद मोबाइल, ल्यापटप र अन्य सामग्रीहरु परीक्षणका लागि प्रयोगशाला पठाएका छौं’, एक अधिकारीले भने, ‘रिपोर्ट आएपछि त्यसबारे निर्णय हुन्छ ।’

बेटिङमा संलग्न गुन्डा दावा लामा अझै फरार छन् । अनुसन्धानले प्रहरी अधिकारीदेखि चर्चित कलाकारसम्म बेटिङमा संलग्न भएको देखाएको थियो । तर, पक्राउ परेकाहरु सहजै छुटेपछि अनुसन्धान अधिकारीहरुको मनोबल घटेको छ ।

के थियाे घटना ? हेर्नुस् यो भिडियो

यो पनि पढ्नुस् 

फिक्सिङ काण्डमा छुटेलगत्तै सट्टेबाजमा लागेका थिए अञ्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment