+
+
Shares

पर्सामा ३१ लाख भारुसहित दुई जना समातिए

सुरेश बिडारी सुरेश बिडारी
२०७५ जेठ २३ गते ११:१५

२३ जेठ, वीरगञ्ज । प्रहरीले पर्सामा ३१ लाखभन्दा बढी अवैध भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा, कलैया उप–महानगरपालिका वडा नं ४ मोतिबाग घर भई मकवानपुरको हेटौडा उप–महानगरपालिका वडा नं. १० बस्ने ३० बर्षिय चितरन्जन प्रसाद र भारत, बिहार जिल्ला पुर्वी चम्पारण मोतिहारी थाना पालानवा ग्राम पंचायत बेलवा वार्ड नं. १४ बस्ने १८ बर्षिय रोहित केशरी रहेका छन् ।

ना.२७ प. ३८११ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार चेकजाँचका क्रममा चितरन्जनको साथबाट भारतिय रुपैया २ हजार दरका नोट १ हजार ३ सय ९० थान अर्थात २७ लाख ८० हजार बरामद भएको थियो । र, मोटरसाइकलको पछाडी बसेका रोहितको साथबाट भारतीय रुपैयाँ २ हजार दरका नोट २ सय थान ४ लाख गरी जम्मा ३१ लाख ८० हजार रुपैयाँ बरामद भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र सीमावर्ती ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले काया वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा चेकजाँचका क्रममा उनीहरुलाई अबैध भारतीय रुपैयाँ सहित पक्राउ गर्न सफल भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

‘अवैध रुपमा भारतीय रुपैयाँ भित्रदैछ भन्ने सूचना हामीले पाएका थियौं, त्यसपछि चेकजाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौं’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायमा कारबाहीका लागि पठाएका छौं ।’

भारतीय रुपैयाँ, मानिस र मोटरसाइकल समेत आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत जेठ ५ पनि गते पनि अवैध भारतीय रुपैयाँ १२ लाख ७ हजार ५ सय सहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?