Comments Add Comment

‘सन्जु’को पोष्टरमा बल्ल देखिइन् मनिषा

बलिउड निर्देशक राजकुमार हिरानीले आफ्नो फिल्म ‘सन्जु’ को नयाँ नयाँ पोष्टर हरेक दिन सार्वजनिक गरिरहेका छन् । उनले सार्वजनिक गरेको पछिल्लो पोष्टरमा रणवीर कपुर र मनिषा कोइरालालाई देखाइएको छ ।

फिल्ममा मनिषाले रणवीरकी आमा नरगिसको भूमिका निभाएकी छिन् । पोष्टरमा उनी पहिलोपटक देखिएकी हुन् । सञ्जुको ट्रेलरमा मनिषालाई खासै स्थान दिइएको छैन ।

सञ्जु फिल्ममा मनिषाको महत्वपूर्ण भूमिका रहेको अनुमान गरिएको छ । किनकी सञ्जय दत्तको जीवनमा आमा नरगिस निकै महत्वपूर्ण छिन् । उनले बारम्बार भन्ने गरेका छन्, ‘म आज जहाँ छु, आमाकै कारणले गर्दा हो ।’

टिजर र ट्रेलरबाट प्रशंसा कमाएको सञ्जुको हालै पहिलो गीत रिलिज गरिएको छ । तर, यो गीतले तालीभन्दा बेसी गाली पाइरहेको छ । गीतमा सञ्जय दत्तलाई उनको छवि विपरित प्रस्तुत गरिएको आरोप लागेको छ ।

सञ्जय एउटा बोल्ड छविका नायक भए पनि गीतमा उनी महिलाको आवाजमा लिप सिंग गरेका छन् र महिलाकै हाउभाउमा प्रस्तुत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment