+
+
Shares

चिहानबाट निकालेर मान्छेको खप्पर किनबेच !

गौरव पोखरेल गौरव पोखरेल
२०७५ जेठ २७ गते १२:३६

२७ जेठ, काठमाडौं । चिहानमा गाडिएको मान्छेको शवलाई उत्खनन् गरेर खप्पर किनबेच हुने गरेको खुलेको छ ।

काठमाडौं प्रहरी परिसरले मानव खप्परको विक्री गर्न लाग्दा दुई जनालाई पक्राउ गरेसँगै यसको किनबेच हुने गरेको खुलेको हो ।

काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरको नेतृत्वमा खटिएको टोलीले बौद्धबाट मान्छेको खपटासहित निमा तामाङ र छिरिङ तामाङलाई पक्राउ गरेको छ ।

परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उनीहरुले सुन्दरीजलको चिहानबाट खनेर खपटा ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

स्रोतका अनुसार त्यस खपटालाई धार्मिक कार्यमा प्रयोग गर्नका लागि भन्दै ७ लाख रुपैयाँमा विक्री गर्न लागिएको थियो । थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?