Comments Add Comment

सलमान खानको हत्या गर्ने योजनामा रहेका डन पक्राउ


बलिउड अभिनेता सलमान खानको हत्याको योजनामा रहेका मोस्ट वान्टेड डन सम्पत नेहरालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । हरियाणा प्रहरीको विशेष कार्यदलले हैदराबादबाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सम्पत नेहराले सलमान खानका प्रत्यक गतिविधिहरुलाई निगरानी गरिरहेका थिए । सलमानलाई मार्ने योजनाअुनसार मुम्बई गएर उनले सलमानले आउजाउ गर्ने स्थानदेखि लिएर उनका ‘बडी गार्ड’ का बारेमा पनि जानकारी लिइसकेका थिए ।

सम्पत नेहरा त्इही लरेन्स विश्नोई समुहका लागि काम गर्छन् जसले यसै वर्ष जनवरीमा सलमानलाई कालो हरिण प्रकरणमा ज्यान मार्ने धम्की दिएको थियो । लरेन्स विश्नोई एउटा खतरनाक गिरोह हो । यो सामाजिक सञ्जालमा पनि निकै सक्रिय छ । गिरोहका सदस्य नेहरामाथि हत्या, अपहरण, र सुपारी लिएर हत्या गरिएका दुई दर्जनभन्दा बढि अभियोग छन् ।

नेहराका आगामी निशाना सलमान खान थिए । यसैका लागि उनले सलमानको घरको रेकी गरेका थिए । सलमानलाई मारेर विदेश भाग्ने उनको तयारी थियो । कालो हरिण प्रकरणकै कारण सलमानको हत्या गर्ने षडयन्त्र रचिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment