Comments Add Comment

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

२७ जेठ, कैलाली । जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आइतबार पत्रकार सम्मेलन गरेर मोटरसाईकल चोरी गर्ने गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो ।

दिउँसो रेकी गर्ने र रातिको समयमा चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर सस्तो मूल्यमा विभिन्न जिल्लामामा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

चोरीमा संलग्नहरुले कैलाली, कंचनपुर, बर्दिया र सुदूरपश्चिममा पहाडी जिल्ला पुगेर मोटरसाइकल बिक्रीवितरण गर्ने गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रुम प्रहरी उपरीक्षक विनोट घिमिरेले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कैलारी गाउँपालिकाका संजु चौधरी (१८), धनगढी उपमहानगरपालिका ६ का रामभजन राना (१८) र सुरज राना (२०) त्यस्तै गोरे भनेर चिनिने धनगढी उपमहानरपालिका-६ कै राम भजन राना (२१) र दुईजना बिक्री वितरण गर्नेहरु घोडाघोडी नगरपालिका-९ का किसन चौधरी -२२) र कंचनपुर बेतकोट नगरपालिका-५ का पदम धानुक (२८) रहेका छन् ।

प्रहरीले उनिहरुबाट चोरी गरेका ७ थान मोटरसाइकलसमेत बरामद गरेको छ । जसमध्ये ५ ओटा पल्सर मोटरसाइकल, एउटा अपाचे र एउटा सुपर स्पेण्डर रहेको प्रहरीले जानकारी दिएको छ ।

गत जेठ २१ गते धनगढी उपमहानगरपालिका ५ हसनपुरका नवदित केसीको मोटरसाइकल चोरी भएको निवेदनहरु आएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा कंचनपुर जिल्लाको वेटकोट नगरापालिका-५ का पदम धानुकको घरमा लुकाइरहेको अवस्थामा केसीको मोटरसाइकल बरामद गरेपछि प्रहरीले धानुकलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरु पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक घिमिलेरे बताए ।

उनले चोरीका मोटरसाइकल सस्तो पायो भन्दैमा खरिद गर्नेलाई समेत पक्राउ गरी मुद्दा चलाइने बताए ।

जिल्ला प्रहरी कार्यालयमा आएदेखि नै अपराध अनुसन्धानमा सक्रिय प्रहरी उपरीक्षक घिमिरेलाई एकपछि अर्को सफलता मिल्दै गएको छ ।

गत हप्ता मात्रै दिउँसै गोली प्रहार गरी रकम लुट्ने समुहका सबैलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment